सम्हालिन सकेकी छैनन् सीता

सम्हालिन सकेकी छैनन् सीता

काठमाडौं : पुत्र वियोगमा विछिप्त बनेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका परिवार अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन् । दाहालले आफूलाई सम्हाल्ने जबर्जस्त कोसिस गरे पनि श्रीमती सीता सम्हालिन सकिरहेकी छैनन् ।छोराको निधनलगत्तै आइतबार मूर्छित नै परेकी सीता सोमबारबाट भने समवेदना व्यक्त गर्न निवासमा आएका एकाध व्यक्तिसँग भेटघाटमा समावेश हुन थालेकी छन् । तर, बर्बराउन छाडेकी छैनन् ।


सीताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोलीसँगको भेटघाटमा सामान्य उपस्थिति मात्रै जनाइन् । तर, केही बोल्न सकिनन् । ‘मैले पार्टी लिडरको हैसियतले रियलाइज गरे पनि परिवारलाई भने सम्हाल्नै गाह्रो भइरहेको छ,’ सोमबार समवेदना व्यक्त गर्न आइपुगेका शुभेच्छुकसँग संक्षिप्त कुरा गर्दै दाहालले भने, ‘पहिले पनि तीन वर्षअगाडि छोरीको घटना भयो, अहिले फेरि यो घटनाले विक्षिप्तता ल्याएको छ ।’

तीन वर्षअगाडि मात्रै पनि दाहाल परिवार पुत्रीशोकमा परेको थियो । त्यतिखेर जेठी छोरी ज्ञानुको निधन भएको थियो । दाहाल परिवारले हिन्दु परम्पराअनुसार काजकिरिया गरेको छैन तर निवासमा श्रद्धाञ्जली दिन आउनेका लागि प्रकाशको तस्बिरसहितको शोकपुस्तिका राखिएको छ । आइतबारदेखि नै श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गर्न लाजिम्पाटमा विभिन्न राजनीतिक दलका नेता, आफन्त, पार्टी कार्यकर्ता र शुभेच्छुकहरू पुगिरहेका छन् ।

प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, नेता माधव नेपाल, प्रधानन्यायाधीश गोपाल पराजुली, बेलायती राजदूत रिचार्ड मोरिसलगायतले सोमबार निवासमै पुगेर दाहाल परिवारलाई समवेदना दिएका थिए । ओलीले पार्टीका तर्फबाट दाहाललाई समवेदनापत्र नै बुझाएका थिए । ‘एकातिर वाम गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्कोतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडाको म अनुभूति गरिरहेको छु,’ ओलीको पत्रमा छ ।

एमाले टोलीले दाहाल परिवारमा समवेदना दिँदै गर्दा प्रधानमन्त्री देउवा लाजिम्पाट पुगेका थिए । त्यसपछि प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र नेता नेपाल एकै सोफामा बसेर दाहाल परिवारसँग समवेदना साटेका थिए । एमाले नेताहरू हिँडेको केही समयसम्म पनि प्रधानमन्त्री देउवा भने लाजिम्पाटमै थिए । देउवाले पनि दाहाल परिवारमा घटेको अकल्पनीय घटनाले दुखित भएको भन्दै धैर्यधारण गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.