चुनावले छोएन दक्षिण भेगका मतदातालाई

चुनावले छोएन दक्षिण भेगका मतदातालाई

सिमकोट: पाखोबारीमा गहुँ बाली छर्न गोरू जोतिरहेका अदानचुली गाउँपालिका-१ का जगत भियाललाई आगामी निर्वाचनबारेमा चासो छैन् । साँझ विहानको छाक टार्ने जोहोमै ध्यान छ । उनी कहाँ कुनै पनि दलका उम्मेदवार भोट माग्न पुगेका छैनन् ।

हुम्ला सदरमुकाम सिमकोटदेखि ५२ कोष दक्षिणपूर्वी क्षेत्रको ताँजाकोट गाउँपालिका- ३ मा नास्ता पसलकी सञ्चालक यांजुम रोकायालाई पनि चुनावले छोएको छैन । स्थानीय तहकाक निर्वाचित जनप्रतिनिधिले बाचा पूरा गर्नु त कहाँ हो कहाँ भेट नै नदिएपछि रोकायालाई निर्वाचनप्रति मन कुँडिएको छ । प्रतिनिधि र प्रदेशससभा सदस्यको चुनावमा उनी भोट नहाल्ने मनस्थितिमा छिन् ।

अदानचुलीका भियाल र ताँजाकोटकी रोकायाजस्तै जिल्लाको दक्षिण भेगका स्थानीयलाई आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले छाएको छैन । चौबिसै घण्टा माटोमा खेल्दापनि मुस्किलले वर्षमा तीन महिना मात्रै खानपुग्ने अन्न उत्पादन गर्ने यो क्षेत्रका खेतबारीकै चिन्ता छ । अघिल्ला निर्र्वाचनमा निर्वाचनले बाचा पूरा नगरेका कारण चुनावप्रति उनीहरुको वितृष्णा जागेको साविकको कालिका-४ करगैंका दीपबहादुर रोकायाको बुझाइ छ ।

एमाले कालिका गाउँ कमिटीका अध्यक्षसमेत रहेका रोकायाले अन्नपूर्णसँग भने, ‘जिल्लाको भोट बैंकका रुपमा चिनिने श्रीनगर क्षेत्रमा उम्मेदवारका धेरैै आकाँक्षी थिए । तर, प्रमुख दलले एक जनालाई पनि उम्मेदवार नबनाएपछि यस क्षेत्रका मतदातामा पनि उत्साह छैन् ।’

एक दशक यताका सबै निर्वाचनमा प्रमुख दलका उम्मेदवारले हुम्लामा सडक पुर्‍याउने आश्वासन दिए तर निर्वाचनपछि सडक प्राथमिकता नपरेकाले यसपटक मतदातामा उत्साह नभएको ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यपक हरिप्रसाद जैशी बताउँछन् ।

निर्वानचमा नेताले प्रलोभनमा पार्ने र निर्र्वाचनपछि फर्र्केर नआउने प्रवृत्ति ताँजाकोटा-१ काँडागाउँका अकवीर खड्कालाई पनि चित्त बुझेको छैन । निर्वाचनको प्रचारमा ताँजाकोटका सबै गाउँ घुमेको बताउने खड्काले नेताकै व्यवहारका कारण मतदाता निराश भएको पाए । मतदाता निराश भए पनि उम्मेदवार पनि गाउँगाउँ पुग्न सकेका छैनन् । चुनाव प्रचार टोली गाउँमा पुगेपनि एक ठाउँमा भाषण गरेर फर्केको काँडागाउँकी बास्मती रावतले गुनासो गरिन् ।

लोकतान्त्रिक र वाम गठबन्धनले प्रतिनिधि र प्रदेशसभा सदस्य ‘क’ का लागि सर्केघार्ड गाउँपालिका स्थानीयलाई टिकट दिएपछि दक्षिणी भेगका जनतालेउम्मेदवारविहीन भएको ठानेका छन् । ताँजाकोट र अदानचुलीमा त्यसैको असन्तुष्टि देखिन्छ ।

निर्वाचनमा बालबालिकाको प्रयोग 
आचारसंहिता विपरित जिल्लामा निर्वाचन प्रचारमा प्रमुख दलले व्यापक रुपमा बालबालिकाको प्रयोग गरिरहेका छन् । दलका चुनावीसभादेखि र्‍याली र जुलुसमा बालबालिकाको प्रयोग भएको छ । दलले चुनाव चिन्ह अंकित टोपी र जकेट लगाएर बालबालिकालाई व्यापक प्रयोग गरिएको सर्केघार्ड गाउँपालिका-१ बामनवाडाकी नानी रावतले बताइन् । उनी भन्छिन्, ‘जुन दल प्रचारमा आएपनि नारा लगाउने काम बालबालिकाकै हुन्छ । कक्षा ७ सम्मका विद्यार्थी निर्वाचनमा धेरै प्रयोग भएका छन् ।’

अदानचुली गाउँपालिकाको श्रीनगरमा वाम गठबन्धनले टोपी लगाएर बालबालिकालाई प्रचार खटाएको थियो । एमाले अदानचुली निर्वाचन परिचालन कमिटिका संयोजक हस्तबहादुर शाही प्रचारमा नबोलाए पनि बालबालिकाहरुले आफू खुशी टोपी लगाएको बताउँछन् ।

ताँजाकोटमा कंग्रेसले पनि प्रचार अभियानमा बालबालिकाको प्रयोग गरेको थियो । उम्मेदवारका पोस्टर र पम्पलेट टाँस्नेदेखि माइकिंग गर्न बालबालिका प्रयोग गरिएको स्थानीय हिक्मत खड्काले बताए । तर, कांग्रेसबाट प्रदेश (क) उम्मेरदवार ठानबहादुर रोकायाले भने बालबालिकाको प्रयोग नभएको जिकिर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.