ज्ञवाली र भण्डारी एक दशकदेखिका प्रतिद्वन्द्वी

ज्ञवाली र भण्डारी एक दशकदेखिका प्रतिद्वन्द्वी

तम्घास: प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी दुवैले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । भण्डारी र ज्ञवाली दुवैले आफ्नो जितको दाबी गर्दै आएका छन् ।

दुवै उम्मेदवार यतिबेला मत आफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त छन् । वल्लो र पल्लो गाउँ घर भएका ज्ञवाली र भण्डारीका घर दूरीका हिसाबले धेरै टाढा छैन । ज्ञवाली र भण्डारी राजनीतिमा झण्डै एक दशकदेखि प्रतिस्पर्धी छन् ।

२०५६ सालको संसदीय निर्वाचनमा साविकको क्षेत्र नं दुई बाट ज्ञवाली र चन्द्र केसीबीच पतिस्पर्धा भएको थियो । ज्ञवाली एमाले र केसी कांग्रेसबाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा ज्ञवालीले केसीलाई पराजित गरेका थिए । त्यसपछिका निर्वाचनमा भने ज्ञवाली र भण्डारीबीच प्रतिस्पर्धा हुँदै आएको छ । २०६४ सालको संविधानसभा चुनावमा ज्ञवालीले भण्डारीलाई हराएका थिए भने ०७० सालमा भएको दोस्रो संविधानसभा उनै भण्डारी र ज्ञवालीबीचको प्रतिस्पर्धामा भण्डारी विजयी बनेका थिए ।

देश संघीय व्यवस्थामा गएसँगै जिल्लाको साविकको क्षेत्र २ का केही भूभाग हाल १ मा कायम भएको छ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि भण्डारी र ज्ञवाली क्षेत्र नं १ बाट तेस्रो पटक चुनावी मैदानमा छन् । दुवै आफ्नो जित पक्का रहेको दाबी गर्दै आएका छन् ।

राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका ज्ञवालीले पार्टीको गहन जिम्मेवारी आफ्नो काँधमा भएकाले विगतमा पराजय बेहोर्नुपरेको बताए । ‘मतदाता र शुभचिन्तकसँग नियमित संवादमा रहन नपाउनुले नै पराजय बेहोर्नुपरेको हो,' ज्ञवालीले भने, ‘अब त्यस्तो हुँदैन, मेरा मतदाताले मेरो जिम्मेवारी बुझ्नुभएको छ ।'

उनले जिल्लाको विकासका लागि वाम गठबन्धनले जित्नुपर्ने बताउँदै आएका छन् । ज्ञवालीका अनुसार विगतका निर्वाचन संविधान निर्माणमा केन्द्रित भएको र अबको निर्वाचन ऐन नियमअनुसार देश विकास र समृद्धितिर लैजानेमा केन्द्रित रहेको बताए । ज्ञवालीले समाजका सबै पक्षको विकास गर्ने लक्ष्य वाम गठबन्धनमा भएकाले आफूले जित्ने दाबी गरेका छन् ।

त्यस्तै भण्डारीले पनि मतदाताले आफूलाई विजयी गराउने दाबी गर्दै आएका छन् । भण्डारीले विगतमा जिल्लाको विकासमा आफूले नै पहल गरेका कारण मतदाताले राम्ररी बुझेको बताए । ‘मैले जिल्लाका लागि धेरै गरेको छु,' उनले भने, मतदाताले राम्ररी बुझेका छन् ।' उनले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सडक विस्तारमा समेत उल्लेखनीय काम गरेको दाबी गर्दै मतदातालाई बुझेर मतदान गर्न आग्रह गरे ।

भण्डारीले वाम एकता सकरात्मक रहेको बताउँदै नेपालमा दलहरूको एकता आवश्यक रहेको बताए । उनले वाम एकताले निर्वाचनलाई असर नपुग्ने बताउँदै उम्मेदवार चिनेर मतदाताले मत दिनेमा दुईमत नरहेको समेत जानकारी दिए ।

स्थानीय तहको मतपरिणाम हेर्दा यस क्षेत्रमा वामगठबन्धन बलियो देखिएको छ । यस निर्वाचन क्षेत्रमा प्रदेशसभाका लागि दुई क्षेत्र कायम गरिएको छ भने जसमा एक लाख पाँच हजार चार सय २३ मतदाता छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.