एउटा बुथमा ७७ मतदाता
गोरखा: आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा जिल्लाको हिमालपारिको साम्दो आधारभूत विद्यालय मतदानकेन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् । चुमनुब्री गाउँपालिका १ मा पर्ने साम्दो गाउँ नेपाल र तिब्बत सिमानाको अन्तिम गाउँ हो ।
त्यस्तै बौद्ध हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा पनि ७७ जना मतदानमा सहभागी हुँदैछन् । सो केन्द्र चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा रहेको छ।
त्यस्तै नाम्रुङगुम्बा मतदानकेन्द्रमा जम्मा ७९ मतदाता रहेका छन् । प्रोकगुम्बा चुमनुब्री गाउँपालिका ४ प्रोकमा रहेको छ । त्यस्तै प्रोककै क्वाक गुम्बा मतदानकेन्द्रमा ९१ जना र हिमालचुली आधारभूत विद्यालय छाक मतदानकेन्द्रमा एक सय दुई जना मतदाता छन् ।
यी पाँच मतदानकेन्द्र जिल्लाकै सबैभन्दा कम मतदाता भएको केन्द्र हो । सबैभन्दा धेरै मतदाता भने अकला मावि रातामाटामा रहेका छन् । यहाँ एक हजार ६४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।