राजेन्द्र र अजम्बरको पहिलो टक्कर

राजेन्द्र र अजम्बरको पहिलो टक्कर

भोजपुर: पहिलो चरणमा निर्वाचन हुन लागेको भोजपुरमा राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । भोेजपुरमा प्रदेशसभातर्फ दुई र प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र छन् ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर (क)मा वाम गठबन्धनबाट एमाले नेता राजेन्द्रकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका नेता अजम्बर राई काङमाङ चुनावी मैदानमा छन् । यी दुई समकालीन नेताबीच कडा प्रतिस्पर्धा हुने आकलन भइरहेको छ ।

राजेन्द्र र अजम्बर पहिलो पटक चुनावमा आमनेसामने भएका हुन् । राजेन्द्र पहिलो पटक उम्मेदवार भएका हुन् भने अजम्बर दोस्रो पटक । दोस्रो संविधानसभा निर्वाचनमा अजम्बरले तेस्रो स्थानको मत ल्याएका थिए । राजेन्द्रलाई माओवादी केन्द्रको साथ छ भने अजम्बरलाई कांग्रेसको ।

नयाँ र पराजय बेहोरिसकेका उम्मेदवारबीचको चुनावी लडाइँ रोचक हुने देखिएको छ । दुवै गठबन्धनका उम्मेदवार मतदातालाई आशा देखाउँदै भोट माग्न व्यस्त छन् । पुराना नेता विगतका निर्वाचनमा गरेका वाचा पूरा गर्न नसकेका कारण देखाउँदै मतदातालाई फुल्याउँछन् भने नयाँ अनुहारका उम्मेदवार पुरानाको कमजोरी औंल्याएर मतदातालाई आफूतिर तान्ने प्रयासमा देखिन्छन् । मतदाता भने विकासलाई प्राथमिकता दिन उम्मेदवारलाई सुझाव दिइरहेका छन् ।

उम्मेदवारहरूले मतदातासामु परिवारका सदस्यलाई रोजगारीदेखि लिएर पूर्वाधार निर्माण, शैक्षिक उन्नति र भरपर्दो स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै भोट मागिरहेका छन् ।

राजेन्द्रले मुलुकमा आर्थिक समृद्धिको नेतृत्व गर्न वाम गठबन्धन बनेको बताए । सडक, विद्युत्, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विकास निर्माणका पूर्वाधारलाई उनले एजेन्डा बनाएका छन् । जलविद्युत्को क्षेत्रमा लगानी गरी भोजपुरका टोल–टोलमा बिजुली पुर्‍याउने उनको भनाइ छ ।

अजम्बरले पहिचानको मुद्दालाई जोड दिएका छन् । भाषा, संस्कृति संरक्षणको जिम्मेवारी आफ्नै भएको उल्लेख गर्दै उनले आफू पहिचानवादीका रूपमा परिचित हुन चाहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.