चुनावको मुखैमा रातारात आधा दर्जन सिडिओ सरुवा

चुनावको मुखैमा रातारात आधा दर्जन सिडिओ सरुवा

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा सरकारले रातारात आधा दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। निर्वाचन आचारसंहिता अनुसार सरुवा गर्न नमिल्ने भएपनि गृहमन्त्रालयले सोमबार राति आधा दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।

गृहमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सोलुखुम्बुका प्रजिअ भुपेन्द्र क्षेत्रीलाई क्षेत्रीय प्रशासन कार्यालय हेडौंडामा सरुवा गरी उनको ठाउँमा गृहमन्त्रालयका सूर्य खनाललाई लगिएको छ । त्यसैगरी भोजपुरका प्रजिअ चेतराज बराललाई राष्ट्रिय परिचयपत्रमा सरुवा गरी, गृहमन्त्रालयका फणिन्द्र दहाललाइ लगिएको छ।

रसुवाकी हरिदेवी पौडेललाई अध्यागमन विभागमा सरुवा गरी गृहमन्त्रालयका चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । नुवाकोटका जगदिशराज बराललाई प्रहरी किताब खानामा सरुवा गरिएको छ भने उक्त स्थानमा गृहमन्त्रालयका वीरेन्द्र कुमार यादवलाई पठाइएको छ डोटीको प्रजिअमा पनि गृहमन्त्रालयकै सूर्यबहादुर खत्रीलाई पठाइएको छ ।

अझै केही जिल्लाका सिडिओ हेरफर गर्ने गृहकार्य चलिरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.