सर्वोच्चमा तनाव भएपछि आजको तारिख सर्‍यो

सर्वोच्चमा तनाव भएपछि आजको तारिख सर्‍यो

काठमाडौं : सर्वोच्च अदालतमा बम भएको हल्ला चलेपछि मंगलबारका लागि तोकिएका सबै इजलास बन्द भएका छन्। सर्वोच्चको प्रशासनले मंगलबारका लागि तोकिएको मुद्दाको सुनुवाइ स्थगित भएको जानकारी गराएको छ।

मंगलबारका लागि तोकिएको तारिख बुधबारका लागि सारिएको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिए। ‘आज कुनै पनि मुद्दामा सुनुवाइ हुने छैन’, पन्थीले भने, ‘आजको मुद्दाको तारिख लिने सेवाग्राहीलाई भोलि उपस्थित हुन सूचित गरिन्छ।’

सर्वोच्चका रजिष्ट्रार महिन्द्रनाथ उपाध्याय र प्रवक्ता पन्थीलाई अपरिचित व्यक्तिले सर्वोच्चमा बम राखेको जानकारी दिँदै सन्देश पठाएपछि मंगलबार सर्वोच्चमा तनाव भएको हो। उक्त सन्देशमा बम भएकाले सबै इजलास खाली गर्नु भन्ने लेखिएको छ।

यस्तो सन्देश पाए लगत्तै सुरक्षाकर्मीले माइक मार्फत् न्यायाधीश, कर्मचारी, वकिल सेवाग्राहीलाई सर्वोच्च छाडेर बाहिर निस्किन आह्वान गरेका थिए। यो सूचना लगत्तै केहीबेर सर्वोच्च परिसरमा भागदौड भएको थियो। अहिले न्यायाधीश, कर्मचारी, वकिल र सेवाग्राहीलाई अदालतबाट बाहिर निकालेर सुरक्षाकर्मीले तालिमप्राप्त दुई कुकुरका साथमा इजलासमा अनुसन्धान गरिरहेका छन्। सन्देशम पठाइएजस्तो विष्फोटक वस्तु अर्थात् बम भने नभेटिएको अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको भनाइ छ।

बम राखेको हल्ला चलेपछि सर्वोच्च अदालतमा तनाव

सर्वोच्चमा बम भएको सन्देश रजिष्ट्रार र प्रवक्ताको मोबाइलमा अाएपछि‍‍..

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.