'मेरो प्रतिष्पर्धी कोही पनि छैन्'

'मेरो प्रतिष्पर्धी कोही पनि छैन्'

काठमाडौँ :  वाम गठबन्धनबाट क्षेत्र नम्बर ७ मा एमालेका नेता एव् पूर्व सांसद रामवीर मानन्धरले आफ्ना प्रतिष्पर्धी कोही नभएको बताएका छन्। घरदैलोमा व्यस्ता मानन्धरले आफ्ना प्रतिष्पर्धी पार्टी कांग्रेसले कुनै उम्मेदावर नदिएकाले आफ्नो कोही पनि प्रतिवष्पर्धी नभएको दावी गरेका हुन् ।

दोसो संविधान सभाको निर्वाचानका क्रममा तत्कालीन नेकपा माओवादी केन्द्रकी नेतृ हिशिला यमीलाई पराजित गरी एकाएक राष्ट्रिय राजनीतिमा छाएका रामवीर यसपालिको निर्वाचनमा पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् । भन्छन्, ‘चुनाव जित्नेमा ढुक्क छु, मेरो प्रतिष्पर्धी कोही पनि नभएकाले आशावादी छु ' सकाठमाडौं क्षेत्र नम्बर ७ मा वामगठबन्धनबाट उम्मेदवार बनेका मानन्धरका प्रतिष्पर्धी राप्रपाका विक्रम थापा छन् । उनलाई नेपाली कांग्रेसको पनि समर्थन छ।

मंगलबार घरदैलोमा व्यस्त रहेका क्षेत्र नम्बर–७ का प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धनरसहित प्रदेशसभा तर्फ ‘क’ का उम्मेदवार वसन्त मानन्धर, समानुपातिक तर्फका उम्मेदवार अमररत्न बर्जाचार्य र मिना ज्ञवाली नेपाल पनि सहभागी भएका थिए ।

दोस्रो संविधान सभा चुनाव अघि खासै चर्चामा नरहेका मानन्धर यिशिला यमीलाई पराजित गरेपछि जनतामाझ उनी आकर्षणको केन्द्रविन्दुमा रहिआएका छन् । क्षेत्रपाटीबाट सुरु भएको घरदैलो ठमेल हुँदै ज्याँठा, अशन, इन्द्रचोक, बाङ्गेमुढा, नरदेवी, भुरुङखेल, धोवीचौर हुँदै फेरि क्षेत्रपार्टी चोकमै पुगेको थियो । ठाउँमा त रामवीर र वसन्तलाई बृद्धबृद्धाले टिका लगाएर हौशल्ला दिइरहेका थिए ।

‘चुनाव जितेपछि धेरै फर्किएर पनि आउदैनन्,’ विगत २० वर्षदेखि त्यही चोकमा तरकारी बेच्दै आएकी ५५ वर्षीया बिन्दु मानन्धरले भनिन्,’ ‘उहाँ मलाई जनताको छोरा जस्तै लाग्छ, उहाँलाई जितको शुभकामना ।’

तरकारी व्यापारी महिला मात्र होइन क्षेत्र नम्बर–७ कै मतदाता स्टालिन श्रेष्ठले पनि रामवीरले जित्नेमा ढुक्क देखिन्थे । सर्लाहीबाट आएर यही क्षेत्रमा लामो समयदेखि फलफुल बेच्दै आएका श्यामबाबु चौधरीले चुनावका बेला नेताले आश्वास दिने र पछि वाचा पूरा नगर्ने गरेको दुःखेसो पोखे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.