पर्साबाट विप्लवको पार्टीका दुई केन्द्रीय नेता पक्राउ

पर्साबाट विप्लवको पार्टीका दुई केन्द्रीय नेता पक्राउ

वीरगन्ज : पर्सा प्रहरीले वीरगन्जबाट मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेतालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको अपराध अनुसन्धानको विशेष टोलीले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारीलाइ पक्राउ गरेको हो।

पूर्वसांसद समेत रहेका हवारीलाई प्रहरीले वीरगन्जको रानीघाट स्थित उनको घरबाटै मंगलबार बिहान नौ बजे तिर पक्राउ गरेको हो। सोधपुछका लागि हवारीलाई नियन्त्रणमा लिएका हौं, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने, ‘जिल्ल प्रहरी कार्यालयमा राखेर उनीसँग सोधपुछ गरिरहेका छौँ ।’

निर्वाचनलाई लक्षित गरी विभिन्न जिल्लामा बम विष्फोट गराउँदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि विशेष निगारानी राखेको पर्सा प्रहरीले यसअघि गत शनिबार पनि विप्लव नेतृत्वको नेपाल कम्युस्टि पार्टीका भोजपुरा राज्य जनपरिषद् प्रमुख बिग्गा चौरसीयालाई पक्राउ गरी हिरासतमा राखेको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.