संयुक्त प्रचार नहुँदा हुम्लामा वाम गठबन्धन संकटमा

संयुक्त प्रचार नहुँदा हुम्लामा वाम गठबन्धन संकटमा

सिमकोट: आगामी मंसिर १० र २१ गतेहुने सघं (प्रतिनिधि सभा) र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका नेकपा एमाले र माओवादी केन्द्रले हुम्लामा संयुक्त चुनावी प्रचार प्रसार कार्यक्रम गर्न नसक्दा हुम्लाको वाम गठबन्धन संकटमा परेको छ।

प्रतिनिधि सभामा भाग परेको माओवादी केन्द्रमा बागी उम्मेदवार भएपछि कुन उम्मेरदवारलाई समर्थन गर्ने भन्नेमा एमाले दोधारे चरित्र देखाएपछि जिल्लाको वाम गठबन्धन संकटमा परेको नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक लालकेश जैशीले जानकारी दिए।

गठबन्धनको तर्फबाट टिकट पाएका माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमिदोर्जे लामाको टोलीलाई सदरमुकाम सिमकोटबाटै एमाले हुम्लाले साथ नदिएका कारण गठबन्धन संकटमा पर्दै गएको बताए। जैशीले अन्‍नपूर्णसँग भने, 'हामी शुरु देखिनै एमालेका नेताहरुसँग संयुक्त चुनावी प्रचार अभियान सञ्चालन गरौ भनेका थियौ तर जिल्लाका अधिकांश क्षेत्रमा प्रचार अभियान सम्पन्न भईसक्दा समेत एमालेले नमानेका कारण गठबन्धन निकै धरापमा परेको हो।'

केन्द्रीय गठबन्धन अनुसार आधिकारिक उम्मेरदवारलाई एमालेले सहयोग नगरे आफूपनि एमालेलाई सहयोग नर्ग नसक्ने बताएका संयोजक जैशीले एमालेकै कारण गठबन्धनमा समस्या आएको आरोप लगाए। पदका लागि लुछाचुडी गर्ने केन्द्र र जिल्लाका नेताका कारण हुम्लामा वाम गठबन्धन धरापमा परेको उनको ठहर छ।

उता गठबन्धनका तर्फबाट प्रदेश 'ख' र प्रतिनिधि सभामा टिक पाएको हमाओवादी केन्द्रमा बागी उम्मेरदार भएपछि गठबन्धनमा सकस परेको नेकपा एमाले वैकल्पीक पोलिटव्यूरो सदस्य तथा प्रदेश समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटीले दाबी गरे। आफू सँधै केन्द्रीय गठबन्धनको पक्षमा रहेको बताएका बोगटीले माओवादी भित्रै आधिकारिक भन्दा बागी उम्मेरदवारलाई समर्थन गर्नेको लर्को ठूलो भएकाले गठबन्दन समस्यामा परेको बताए।

उनले भने, 'सात वटा गाउँपालिका भएको हुम्लामा नाम्खा, सर्केघार्ड, चंखेल्नीका अधिकांश माओवादी केन्द्रका नकमिटिले प्रतिनिधिसभाका बागी उम्मेरदवार छक्कबहादुर लामालाई सर्मथन गरेपछि एमालेले माओवादीका दुवै उम्मेरदवार भन्दा फरक रहेर निर्वाचन प्रसार अभियान सञ्चालन गरेको हो।'

गठबन्धनका तर्फबाट आधिकारिक टिकट पाएका माओवादी जिल्ला इन्चार्ज छिमिदोर्जे लामा भन्दा माओवादीका स्वतन्त्र उम्मेरदवार छक्कबहादुर लामाको पक्षमा माहोल राम्रो भन्दै माओवादीकै स्थानीय कमिटि विभाजित छन्।

मनोनयन दर्ता गराए देखिनै छक्कबहादुलाई समर्थन गर्न जिल्लाका नेता कार्यकर्ताको चर्को दवाव भएपनि आफूले आधिकारिक टिकट पाएको भन्दै छिमिपछि नहटेपछि पछिल्लो अवस्था आएको माओवादी केन्द्रीय भेला आयोजक सदस्य तथा अदानचुली गाउँपालिका संयोजक कर्ण रोकाया सुधारले बताए।

माओवादी हुम्लाका अधिकांश नेता कार्यकर्ता स्वतन्त्र उम्मेरदवार छक्कबहादुर लामाको पक्षमा लागेकाले एमालेले छक्कबहादुर लामालाई नैं समर्थन गर्नु पर्ने बताएका सुधारले छिमिलाई एमालेको समर्थ रहे आफू गठबन्दनका तर्फबाट प्रदेश 'क' का उम्मेरदवार दल रावललाई सहयोग नगर्ने संकेत गरे।

आधिकारिक टिकट भन्दा जनमतलाई कदर गर्नुपर्नेमा जोड दिएका रोकायाले आफू कारबाहीमा परेपनि निर्वाचन जितेर देखाउने बताए। गठबन्धनका तर्फबाट प्रदेश 'ख' का उम्मेरदवार बिजय भण्डारी प्रतिरोधको पक्षले समेत स्वतन्त्र उम्मेरदवार छक्कबहादुर लामाको साथ नलिए निर्वाचन जित्न नसक्ने भएपछि प्रतिनधि सभाकालागि प्रचारमा खासै मुख खोलेको छैन्।

यस्तै प्रदेश 'क' मा उम्मेरदारी दिएको एमालेले अदानचुली र ताँजाकोट गाउँपालिकामा आधिकारिक उम्मेरदार छिमि लामाको पक्षमा मत बढी भएको र चंखेल्नी, सर्केघार्ड गाउँपालिकामा स्वतन्त्र उम्मेरदार छक्कबहादुर लामाको पक्षमा गठबन्दनका मत बढी देखेपछि अहिलेसम्म कुन पक्षसँग खुल्ने भन्नेमा समस्या भएको एमाले अध्यक्ष समेत रहेका प्रदेश 'क' मा उम्मेरदवार दल रावलले बताए।

माओवादीमा दुई उम्मेरदवार भएकाले गठबन्धनमा निकै समस्या परेको बताएका रावलले एमालेले कुन उम्मेरदवारलाई सहयोग गर्ने भन्ने निर्णय अब केही दिनमै गर्ने संकेत गरे।

वामपक्षीय मतदाता अन्योल
केन्द्रमा वाम गठबन्धन भएपछि निकै उत्साहित भएको एमाले माओवादीका कार्यकर्ताले मंसीर १० गते प्रतिनिधि सभामा कस्लाई मतदान गर्ने भन्नेमा अन्योल देखिएका छन्।

गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको प्रतिनिधिसभामा जिल्ला इन्चार्ज छिमिदोर्जे लामा र पोलिटव्युरो सदस्य छक्कबहादुर लामा उम्मेरदार भएपछि को उम्मेरदवारलाई मत हाल्ने भन्नेमा निकै अन्योलता छाएको अदानचुली गाउँपालिका ३ का वडा सदस्य गोरख थापाले बताए।

शुरुमा वामहरुको बाहूल्यता भएको जिल्लामा जहिलेपनि वामपन्थीहरु बीच विवाद हुने तर जित प्रजातान्त्रीकको हुने गरेकाले आफ्‍नो मत खेर गएको बताएका ताँजाकोट १ का हिक्मत खड्कालेप्रतिनिधिसभामा दुई उम्मेरदवार भएपछि यो वर्षपनि मतदाताका मत खेर जाने स्थिती देखेका छन्।

उनका अनुसार जिल्लाबाट आउने वाम गठबन्धनका नेता तथा कार्यकर्ता मध्ये कोही छक्कबहादुर लामा त कोही छिमिदोर्जे लामाको पक्षमा विभाजित भएपछि गाउँका साधारण मतदातालाई निकै अन्योल बनाएको सर्केघार्ड गाउँपालिका १ का उब्जन मल्लले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.