बर्दियामा चुनावी चहलपहल बढ्दै, वामदेव र सञ्जयकुमारबीच कडा टक्‍कर

बर्दियामा चुनावी चहलपहल बढ्दै, वामदेव र सञ्जयकुमारबीच कडा टक्‍कर

बर्दिया: दोस्रो चरण अर्न्तगत मंसिर २१ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनको मिति नजिकिँदै गर्दा बर्दियामा चुनावी चहल पहल बढ्दै छ। दुई वटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा क्षेत्र रहेको बर्दियामा तिनजना मन्त्री सहित हेभीवेटका उम्मेदवारहरु चुनावी भिडन्तमा उत्रिएपछि चुनावी रौनक थपिएको हो।

बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका सिँचाई मन्त्री सञ्जयकुमार गौतम र वामगठवन्धनबाट एमाले उपाध्यक्ष वामदेव गौतम बीच कडा प्रतिस्पर्धा हुँदैछ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर २ को सदस्य पदका लागि लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका भुमिसुधार मन्त्री गोपाल दहित र वामगठवन्धनबाट माओवादी केन्द्रका विनाविभागिय मन्त्री सन्तकुमार थारु विच तिव्र प्रतिस्पर्धा छ।

प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा १ लाख ३९ हजार ३६२ र क्षेत्र नम्वर २ मा १ लाख ३३ हजार ११५ मतदाता छन्। यतिखेर बर्दियामा दुई गौतम र दुई थारु मतदाताहरुलाई आफ्नो पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको निति प्रयोग गर्दैछन्।

उम्मेदवारहरु पार्टी सशक्तीकरण लगायत कार्यकर्ता भेटघाटमै व्यस्त छन्। जनताको घरदैलो सम्म पुग्ने वातावरण निर्माणमा उम्मेदवारहरु जुटेका छन्।उम्मेदवारहरु मत वटुल्नका लागि गाउँघरमा सभा, भेलालाई तिव्रता दिएको वाँसगढी नगरपालिका वार्ड नम्वर ५ निवासी स्थानिय बद्री पौडेलले बताए।

उनले भने, 'चुनावी चहलपहल बढेपनि यसपटक जनताहरु धेरै जागरुक भएका छन्। नेताहरु चुनावमा आउने जितेपछि मुखै नदेखाउने प्रवृतिले गर्दा जनताहरु विकास नहुनेमा डराएका हुन्।'

उनले थपे, 'काम गर्ने उम्मेदवारलाई भोटदिने मनस्थितीमा वाँसगढीवासी छौं।' यसपटक बर्दियाको मुहार फेर्न सक्ने विकासप्रेमी नेता बर्दियालीको रोजाईमा पर्ने पौडेलले बताए। पार्टीहरुमै उम्मेदवार नभएजस्तो पुराना नेताहरुलाई उम्मेदवार बनाउने दलहरु यसपटक समस्यामा पर्नसक्ने उनको भनाई छ।

बर्दियाका ४ वटा प्रदेशसभा क्षेत्रमा चुनावी माहौल तातिएको छ । प्रदेशसभा क्षेत्र नम्वर १ (१) मा लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका सोदे विष्ट र वामगठवन्धनबाट एमालेका कविराम थारु चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नम्वर १ (२) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मंगलप्रसाद थारु र वामगठवन्धनबाट माओवादी केन्द्रका तिलकराम शर्मा छन्।

त्यस्तै क्षेत्र नम्वर २ (१) मा लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका रामचन्द्र थापा र वामगठवन्धनबाट एमालेका कुलप्रसाद पोख्रेल भिड्दै छन्। क्षेत्र नम्वर २ (२) मा लोकतान्त्रिक गठवन्धनबाट नाचुराम चौधरी र वामगठवन्धनबाट माओवादी केन्द्रका दिपेश थारु विच कडा प्रतिस्पर्धा छ।

राजापुर नगरपालिका वार्ड नम्वर २ निवासी स्थानिय लक्ष्मण चौधरी भन्छन् यस क्षेत्रमा दुई गठवन्धनबाट थारु उम्मेदवार दिएपछि कडा प्रतिस्पर्धा देखिन्छ । जनताहरु विकासवादी नेतालाई जिताउन चाहान्छन्।

उनले अगाडी भने, 'बर्दिया जिल्ला थारु वाहुल्यता भएकाले पनि यहाँ थारु मत नै निर्णायक देखिन्छ। यस क्षेत्रको प्रदेशमा पनि थारु र प्रतिनिधिसभामा पनि थारु उम्मेदवार विच प्रतिस्पर्धा रहेकाले चुनावी माहौल थप तातिएको हो।' उनले थपे, 'जनताहरु पुराना नेतालाई भोट दिएर थाकीसकेकाले अब नयाँ उम्मेदवारलाई जिताउँदै जिल्लाको विकास गर्ने तरखरमा बर्दियावासी छन्।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.