हृदयाघातका कारण जनवादी गायक खुसीराम पाख्रिनको निधन
![हृदयाघातका कारण जनवादी गायक खुसीराम पाख्रिनको निधन](https://annapurnapost.prixacdn.net/media/albums/khusiram-5a1410d8ee9c63.12554624_5P6F7r5vn3.jpg)
काठमाडौं : जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ। मंगलबार चितवनमा आयोजित चुनावी सभामा सहभागी हुँदैगर्दा अचेत भएका पाख्रिनको उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो।
अस्पतालका चिकित्सक डा. किशोर गौतमले हृदयाघातका कारण पाख्रिनको निधन भएको अन्नपूर्णलाई बताए।
‘उहाँलाई अस्पताल ल्याउँदा एकदम गम्भीर अवस्थामा हुनुहुन्थ्यो । थुप्रै भमिट पनि गर्नु भएको थियो’, डा. किशोरले अन्नपूर्णसँग भने, ‘भेन्टिलेटरमा लाखेर उहाँको उपचार गर्ने कोशिस गर्यौँ तर प्रेसर र सुगरको समेत बिरामी रहेकाले उहाँलाई बचाउँन सकेनौँ ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)