५० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक हरिहर सुनारलाई ५० हजार घुससहित पक्राउ गरेको छ। बसपार्कका व्यवसायीबाट मासिक ५० हजार रुपैयाँ उठाउँदै आएको उजुरी परेपछि आयोगले सुक्ष्म निगरानी गरेको थियो। मंगलबार पैसा बुझ्दाबुझ्दै उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।