वामपन्थी बहुमतीय सरकार गठनलाई कसैले रोक्न सक्दैन : ओली

वामपन्थी बहुमतीय सरकार गठनलाई कसैले रोक्न सक्दैन : ओली

चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीले अब वामपन्थी बहुमतीय सरकार गठनलाई कसैले रोक्न नसक्ने बताएका छन्। मंगलबार चितवनमा आयोजित वामपन्थी गठबन्धनको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्।

‘एमाले र माओवादी मिलेपछि मतदातामा उत्साह छाएको छ’, नेता ओलीले भने, ‘वामपन्थी बहुमतीय सरकार गठनलाई अब कसैले रोक्न सक्दैन।’

उनले चुनावपछि माओवादी र एमाले एक हुने दाबी समेत गरे। भिन्नभिन्न पार्टी हुँदा अलगअलग विचार भए पनि पुराना कुरा बिर्सिएर पार्टी एकताको तयारी भइरहेको ओलीको भनाइ छ। ‘चुनावपछि माओवादी र एमाले एउटै हुन्छन्। भिन्न–भिन्न पार्टी हुँदा भिन्न विचार भए होला, पुराना कुरा बिर्सिएर हामी गठबन्धनमा छौँ’, ओलीले भने, ‘अब बुझ्नुहोस् हामी मिलिसक्यौँ।’

जनयुद्धको समयमा माओवादी र एमालेबीचमा तिक्तता भएको तर, अहिले त्यो नरहेको ओलीको भनाइ छ। ‘जनयद्धका बेला प्रचण्डका बारेमा म केही बोले होला। विरोध गरेकैँ हुँ। त्यत्तिबेला हामीबीच तनाव पनि थियो’, ओलीले थपे, ‘तर, देशलाई नयाँ दिशामा लान सबै कुरा बिर्सिएर अघि बढेका छौँ। वामपन्थी गठबन्धनको बहुमत निश्चित छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.