बम आतंकले रौतहटका मतदाता र उम्‍मेदवार त्रसित

बम आतंकले रौतहटका मतदाता र उम्‍मेदवार त्रसित

गौर: रौतहटमा बम आतंकका कारण सर्वसाधारण तथा दलका उम्मेदवार नेता कार्यकर्ताहरु त्रसित बनेका छन्। सार्वजनिक स्थलहरुमा बम बिस्फोटन तथा बेवासिसे अवस्थामा बम भेटीन थालेपछि रौतहटबासी त्रसित बनेका हुन।

दोश्रो चरणमा मंसीर २१ गते हुने प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनावको लागि घरदैलोमा व्यस्त राजनैतिकदलका नेता तथा उम्मेदवारहरुले असुरक्षित महसुस गर्न थालेका छन्।चुनाव प्रचार प्रसारमा असुरक्षा भएको भन्दै उम्मेदवार हरुले सरकार संग सुरक्षाको माग गरेका छन्।

आतंक फैलाउने गरी बम बिस्फोटन भैरहेको भन्दै स्थानीय प्रशासनको चरम लार्पवाहीका कारण नेता कार्यकर्ता तथा सर्वसाधारण जोखिममा रहेको नेकपा एमाले केन्द्रिय सदस्य कल्याणी खड्काको भनाइ रहेको छ।

रौतहट जिल्ला इन्चार्ज समेत रहेकी खड्काले मतदाता तथा नेता, उम्मेदवारको सुरक्षा व्यवस्था मिलाउन सरकार संग माग गरेकी छिन।निर्वाचन नजिकदै उम्मेदवार दलका नेता कार्यकर्ताहरु लाइ लक्षित गरी बिस्फोटनका घटना भैरहेकाले त्यस्ता गतिविधि रोक्नका लागि सुरक्षा निकाय सकृय हुनुपर्ने र मतदाताहरु लाइ भयरहित ढंग बाट मत दिने वातावरण बनाउन नेपाली काग्रेसका जिल्ला सदस्य सुमन गौतमले माग गरेका छन्।

सुरक्षा अवस्थामा सुधार नआए भोट दिनजान नै नसकिने चिन्तामा रौतहटका मतदाताहरु रहेका छन्।निर्वाधरुपमा मतदान गर्ने वातावरण बनाउनका लागी रौतहटका मतदाताहरुले स्थानिय प्रशासन सग माग गर्दै आएका छन्।

बम विस्फोटको घटना नरोकिएको भन्दै बम वठबन्धनले रौतहटको चन्द्रनिगाहपुरमा बिरोध र्यालप् समेत निकालेको छ।मतदाता तथा उम्मेदवारहरु असुरक्षित रहेको भन्दै स्थानिय प्रहासनलाइ ध्यानाकर्षण गराएको बाम गठबन्धका उम्मेदवार तथा एमालेका पोलिटव्युरो सदस्य डा.बंशीधर मिश्रले बताए।

उम्मेदवारहरुले घरदैलोलाइ जारी राखेपनि बम आतंकका कारण पुर्वनिधारित कार्यतालिकाहरु लाइ फेरबदल गर्न थालेका छन।भेला, अन्तक्रिया, छलफल हुने स्थलहरुलाइ गोप्य राख्न थालेका छन्। कार्यक्रमस्थलहरु परीवर्तन गर्न थालेका छन्।

निर्वाचन नजिकदै आएको र मतदाता सम्म पुग्ने समय कम रहेकाले त्रास र असुरक्षाको बिचमा पनि घरदैलो गरीरहेको बाम घरदैलोमा रहेका एक उम्मेदवारहरुले बताए।लिखितरुपमा कुनै पनि उम्मेदवारहरुले व्यक्तिगतरुपमा सुरक्षाकर्मी नमागेको र मौखिकरुपमा भने केहीले माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

उम्मेदवारहरुले सुरक्षाकर्मी माग गरे जिल्ला प्रहरी कार्यालयले उम्मेदवारको जोखिम मुल्याकन गरेर सुरक्षाकर्मी खटाउन सकिने प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिए।अज्ञात सुमहुले शनिवार यता रौतहटमा दुइ स्थानमा बम राखेको पाइएको छ।

चन्द्रपर ५ मा बाम गठबन्धनको भेला स्थलमा शनिवार बम बिस्फोटन भएको थियो भने सोमवार गुजरा नगरपालिकाको हरीहरपुरटोलको मुल सडक किनारमा बम फेला परेको थियो सो बम लाइ नेपाली सेनाले निस्कृय बनाएको थियो।

शनिबार चन्द्रपुर-५ स्थित मा बाम गठबन्धनको वडा भेला सकिए लगतै बम बस्फोटन हुदा १० जना भन्दा बढी घाइते भएका थिए।नेपाल भारत खुल्ला सिमाना, दर्ता बिनाका भारतिय नम्वरका सवारी साधन, अवैधरुपमा राखिएका बन्दुकहरुका कारण पनि जिल्लामा सुरक्षा चुनौती थपिएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुको भनाइ छ।

जिल्लामा रहेको साधन श्रोत र जनशक्तिलाई सकृयरुपमा परीचानल गरेको दावी गर्दै केही चुवान विरोधी तत्वहरुले घटना घटाएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.