युद्धकालमा प्रचण्ड बाबुराम रुवाउने कलाकार थिए पाख्रिन

युद्धकालमा प्रचण्ड बाबुराम रुवाउने कलाकार थिए पाख्रिन

काठमाडौं :

'कालो वनको बिचैमा खेतालाको गाउँ

सानासाना झुपडी छैन आमाबाउ

भोकानांगा नानीहरू खेलिरनी गाउँ

हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ....'

समाजका तल्लो वर्गका दुःखपीडा समेटेर यी र यस्तै कयौँ गीतसंगीत रचना गरेका खुसीराम पाख्रिनको मंगलबार हृदयाघातका कारण निधन भयो। गत आइतबार हृदयाघातबाट निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा सहभागी हुने क्रममा अचेत भएर ढलेका उनको उपचारका क्रममा निधन भएको हो।

श्रद्धाञ्जलिसभामा दुईवटा गीत गाएका पाख्रिन सभा चलिरहेकै बेला अचेत भएपछि उपचारका लागि नारायणी सामुदायिक अस्पताल पुर्‍याइएको थियो, जहाँ उनले उपचारका क्रममा अन्तिम स्वास लिए। 

२००९ सालमा गोरखामा जन्मेका पाख्रिनको परिवार पछि चितवन बसाई सरेको थियो। उनका छोरा युद्धकालमा मारिएका थिए। पाख्रिन अन्तरिम संसदमा सांसद थिए। २०७० सालको उपनिर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए।  

२०३७ सालतिर सुकुम्बासी बस्तीहरूमा गीत गाउन जाँदा पाख्रिनलाई लाल्टिन बालेर सघाएको चितवनका साहित्यकार इन्द्र रेग्मी स्मरण गर्छन्। 'चौँथो महाधिवेशनदेखि हामी सँगै थियौँ। पछि पार्टी फुट्दा उहाँ माओवादीमा लाग्नुभयो, म एकता केन्द्रमै रहेँ', उनले अन्नपूर्णसँग भने, 'अति सामान्य तर सांस्कृतिक मोर्चाका अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो।'

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं साहित्यकार बलराम तिमल्सेना पाख्रिनले किसान, मजदुर र तल्लो वर्गका गीत रचनामा आफ्नो जीवन अर्पण गरेको सुनाउँछन्।

पाख्रिनले रचना गरेका कयौँ गीतसंगीत मध्ये सबैभन्दा चर्चामा रह्यो- २०६२ साल असोज २३ गते माओवादीको बहुचर्चित चुनवाङ बैठकमा देखाइएको गीतिनाटक (ओपेरा) 'युद्ध मैदानबाट फर्किँदा'। माओवादीको अखिल नेपाल जनसांस्कृतिक महासंघले प्रस्तुत गरेको यो ओपेराको नेतृत्व पाख्रिनले नै गरेका थिए। उक्त ओपेराको रचना तथा संगीत पाख्रिनले नै गरेका थिए।

युद्धका पीडाहरू समेटिएको यो ओपेरा हेर्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा. बाबुराम भट्टराईसहितका नेताहरूले आसु थाम्न सकेका थिएनन्।

माओवादी फुटका बेला वैद्य माओवादीमा गएका उनी पछि माओवादी केन्द्रमै फर्किए। पछिल्लो समय उनी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए। पाख्रिनको तामाङ परम्पराअनुसार अन्तिम संस्कारको तयारी गरिँदैछ।

पाख्रिनको रचना 'युद्धमैदानबाट फर्किँदा'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.