आर्थिक समृद्धिको नेतृत्व गर्न कांग्रेसको विकल्प छैन : चौधरी

आर्थिक समृद्धिको नेतृत्व गर्न कांग्रेसको विकल्प छैन : चौधरी

सोलुखुम्बु : उद्योगपती एवम् नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालमा आर्थिक समृद्धिको अभियानमा नेतृत्व गर्न कांग्रेसको विकल्प नभएको बताएका छन्।

देशका विभिन्न स्थानमा आयोजित राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा मंगलबार सोलुखुम्बु पुगेका चौधरीले नाम्लुङमा आयोजित कार्यक्रममा बोल्दै आर्थिक समृद्धिको परिकल्पना लोकतन्त्रमा मात्र सम्भव हुने धारणा राखे। स्थानीयवासीले भव्य स्वागत गरेपछि हौसिएका चौधरीले सोलुखुम्बु पर्यटकीय क्षेत्र भएकाले पर्यटकीय विकासमार्फत् आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै आफु र आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने पनि बताए।

चौधरीले नेपालमा राजनीतिक एजेण्डा अब बाँकी नरहेकाले आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढ्न जरुरी रहेको धारणा राखे। लोकतन्त्र बिना अर्थतन्त्र बलियो बन्न नसक्ने र बलियो अर्थतन्त्रका लागि स्थिर सरकार आवश्यक रहेको भन्दै उनले आर्थिक समृद्धिका लागि काङ्ग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको दाबी गरे। पूर्णकालीन राजनीतिमा प्रवेश गरेपछि पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमिति संयोजकको जिम्मेवारी सम्हालेका चौधरीले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

चौधरी कांग्रेस महामन्त्री डा. शशांक कोइरालाका साथ पाटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सोलुखुम्बु पुगेका हुन्। यसअघि पनि रामेछाप, गोरखा, लमजुङ, नवलपरासी लगायतका स्थानमा कार्यकर्ता भेटघाट एवं आमसभामा कोइराला र चौधरी सँगसँगै सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले अबको नेपाली कांग्रेस आर्थिक समृद्धि र विकासका लागि नयाँ गति र नयाँ दिशाका साथ अगाडि बढ्ने बताए। मंगलबारै सोलुखुम्बुको नेलेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेलेको पर्यटकीय विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। राष्ट्रको विकासको खातिर नेपाली कांग्रेस लडिरहेको र लडिरहने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.