भोट हाल्न एक दिन

भोट हाल्न एक दिन

चरीकोट: दोलखाको दुर्गम क्षेत्रको रुपमा रहेको लप्चीकामतदाताहरुलाई भोट हाल्ने स्थानसम्मको लागि एक दिनलाग्ने गरेको छ।विगुँगाउँपालिका १ लामाबगरको लप्चीका स्थानीयहरु एक दिनको प्रदल हिडेर भोट हाल्नआउनु पर्ने बाध्यता रहेको स्थानीयकर्मा शेर्पाले जानकारी दिए।

उनले लामो बाटो भएकै कारण धेरैले भोट हाल्न समेत नआउने गरेको बताए। आफ्नो जनप्रतिनिधि छान्ने मनहुदाँहुँदै पनि बाटोकै कारण धेरै स्थानीयहरु मतदान स्थल सम्मजान सक्ने अवस्थामा नरहेको बताए।

गएको धेरै निर्बाचनमात्यहाँका सबै स्थानीयहरुले भोट हाल्ने गरेका छैनन्। करिब १ सय ५० जनामतदाता रहेको लप्चीबासीले लप्चीकै लुम्नाङमामतदान स्थल रहेको छ। जहाँलप्ची बाट आउनलाई एक दिनलाग्ने गर्दछ। सडक मार्ग नभएकै कारण समस्यामा परेकालप्चीबासीको मुख्यमाग नै सडक,विद्युत र स्वास्थ्यचौकी रहेको बताउदै आएका छन्।

धेरै बर्ष अघि देखीहाम्रो एउटै माग छ,सडक मार्ग खोलिदेउँ, बालबच्चा पढ्नको लागि स्कुलबनाइदेउँ र उपचारको लागि स्वास्थ्यचौकीबनाइदेउँ तर हाल सम्महाम्रो माग सम्बोद्धन नै गरेको छैन,शेर्पाले भने।

गाउँका धेरैलाई राम्रो सँग नेपालीभाषाबोल्न नआउँने बताउदै भाषाको समेत समस्या रहेको जनाएका छन्। निर्बाचनमा कसरी मतहाल्ने भन्ने त पराइजाहोस ,उम्मेद्धवार नै गाउँमाजाने गरेका छैनन्,शेर्पाले भने हामीलाइ राज्य बाट धेरै उपेक्षीत गरेको छ।

तिब्बत सँगनजिक रहेकात्यहाँका स्थानीयहरुको मुख्य पेशापशुपालन नै हो। तर उचितबजार नभएकै कारण समस्या परेको स्थानीयहरुको भनाइ रहेको छ। माथिल्लो तामाकोशीजलविद्युतआयोजनाको ड्यामनिर्माण भएपछि आफ्नो गाउँजाने बाटो नै समस्यामा परेको बताउदै आयोजनाले समेत आफुहरुलाई समस्यामापारेको गुनासो गरेका छन्।

बर्षौ देखीबन्द रहेको फलाकनाकाखुलाउन सकेमात्रपनिलप्चीबासीलाई ठूलो टेवापुग्ने अर्का स्थानीयलाक्पा शेर्पाको भनाइ रहेको छ। दोलखालीको भाग्य र भविष्य सँग जोडिएको नाकाँ खुलाउन राजनितिकदलहरुले पहलनगरेको उनको आरोप रहेको छ।

निर्वाचनको बेलानाका खुलाउन,सडक बनाउन र विजुलीबत्तिबाल्ने आश्वासनदिएपनिकार्यान्वयनमाभने नआएकोे शेर्पाको गुनासो रहेको छ। उनले उम्मेद्धवारहरुलाई एक पटक आफ्नो गाउँमागएर त्यहाँका समस्याहरुलाई नजिक बाट नियालीदिन समेत आग्रह गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.