केशव स्थापितविरुद्ध घुस मुद्दा
![केशव स्थापितविरुद्ध घुस मुद्दा](https://annapurnapost.prixacdn.net/media/albums/curroption-5a143a050ceee2.51836965_MTDgynkZKm.jpg)
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ हजार रुपैयाँ घुस रकम लिएको अभियोगमा राजश्व विभाग, करदाता सेवा कार्यालय, पुतली सडकमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्तीमगरविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नियमअनुरुप सेवाग्राहीको स्थायी लेखा नम्बर दर्ता खारेज नगरी सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको अवस्थामा अख्तियार टोलीले स्थापितलाई रंगेहात पक्राउ गरी हिरासतमा लिएको थियो ।
स्वतः हुने कामका लागि पनि सेवाग्राहीबाट घुस रकम लिइसकेको अबस्थामा स्थापित समातिएका थिए । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुरुप जेल सजाय र जरिवाना माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)