विप्लवका नेता पक्राउ परेकै दिन उम्‍मेदवारको घरमा बम विस्फोट

विप्लवका नेता पक्राउ परेकै दिन उम्‍मेदवारको घरमा बम विस्फोट

वीरगन्ज: पर्सा प्रहरीले वीरगन्जबाट मंगलवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुइ जना नेता कार्यकर्तालाइ पक्राउ गरेकै दिन नेकपा एमालेका निवर्तमान सांसद एंव प्रदेशसभा सदस्यका उम्मेदवारको घरमा बम विस्फोट भएको छ।

वीरगन्ज १० रानीघाट स्थित एमालेका पर्सा जिल्ला इन्चार्ज समेत रहेका पर्सा क्षेत्र नम्बर २ को क का प्रदेशसभा सदस्यका उम्मेदवार रामचन्द्र साहको घरमा मंगलबार बेलुकी सवा सात बजे बम विस्फोट भएको हो। विस्फोटबाट साहको दुइ तल्ले घरको पूजा कोठाको झयालको सिसा फुटेको छ।

'मानवीय क्षति भने भएको छैन। साहको घरको भुइ तल्लामा रहेको कोठाको बाहिरको पर्खाल नजिकै अज्ञात समुहले बम विस्फोट गराएको हो। बुबा घरमा हुनुहुन्थेन, घरमा हामी श्रीमान श्रीमती र बालबच्चाहरु टिभी हेरेर बसिरहेका बेला अचानक बम पडिकएको ठूलो आवाज आयो' उम्मेदवार साहका कान्छा छोरा दिपक साहले बताए।

उनले भने, 'आवाज आएपछि कोठाबाट बाहिर निस्किदा घर पुरा धुवाँले भरिएको थियो।' उम्मेदवार साहले आफू एमाले नेता एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार विचारी यादवको छोराको जन्तिमा गएका बेला घरमा बम विस्फोट भएको बताए।

'म जन्तिमा थिए , घरबाट फोन आएपछि जन्ति छाडेर घर आउदा विस्फोट भएको थाहा पाए', उनले भने,' विस्फोट कसले गराएको भन्ने बारेमा केहि थाहा छैन। देशैभरि उम्मेदवारलाइ तर्साउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले श्रृंखलाबद्ध विस्फोट गराइरहेकाले आफनो घरमा गराइएको विस्फोटमा पनि त्यहि समुहको संलग्नता हुन सक्ने उनले बताए।'

'घरमा विस्फोट भएपछि पुरा परिवार निक्कै त्रसीत छौ', उनले भने, 'अब त चुनावी प्रसारमा घरबाट बाहिर निस्कन पनि डर लागिरहेको छ। स्थानीइ प्रहरी प्रशासनले उम्मेदवारको सुरक्षाका लागि प्रबन्ध गर्नु पर्ने उनले बताए। यसैबिच घटनास्थलमा पुगेका पर्साका प्रहरी उरिक्षक डाक्टर गणेश रेग्मीले भने तर्साउनका लागि कसैले पटाकामा बारुद राखेर पड्काएको हुन सक्ने बताए।

'हामीले अनुसन्धान गरिरहेका छौ', रेग्मीले भने, 'अहिले सम्म विस्फोट गराउने व्याक्ति वा समु्हको पहिचान हुन सकेको छैन।' निर्वाचनलाइ लक्षित गरि विभिन्न जिल्लामा बम विस्फोट गराउदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु माथि विशेष निगारानी राखेको पर्सा प्रहरीले मंगलवार बिहान वीरगन्जको रानीघाट बाटै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य इस्लाम हवारी र कार्यकर्ता अकलु यादवलाइ पक्राउ गरेको थियो।

यसअघि गत शनिवार पनि पर्सा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुरा राज्य जनपरिषद् प्रमुख बिग्गा चौरसीयालाई पक्राउ गरि हिरासतमा राखेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.