‘पोखरेललाई मुख्यमन्त्रीकोरुपमा हेर्न आतुर छौँ'

‘पोखरेललाई मुख्यमन्त्रीकोरुपमा हेर्न आतुर छौँ'

दाङ :  चुनावी अभियानका क्रममा घोराही उपमहानगरपालिका वडानम्वर १४ पुगेका शंकर पोख्रेललाई गणेशप्रसाद रोका मगरले मुख्यमन्त्री बन्नू भनेर शुभकामना दिए । घरदैलोको क्रममा पुगेका पोख्रेललाई मगरले आफ्नै शैलीमा भने, ‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ ,घरमै भेट्न आयौ म निकै खुसी छु । तिमीले जित्छौ ढुक्क होऊ । दाङ बनाउनकालागि तिमी जत्तिको नेता मैले आजसम्म देखेको पनि छैन ।'

आफू जागिरको क्रममा भारतमा रहँदा पनि त्यहाँको मुख्यमन्त्रीसँग नजिक भएर काम गरेको स्मरण गर्दै मगरले भने, ‘तिमी जितेर गएपछि केपी वली र प्रचण्डले मुख्यमन्त्री बनाउने भनेका छन् ?

‘कस्ता नेताले जितेर गए भन्ने कुरा के भन्नुपर्छ र ? एउटा वटा पुल बन्न ६ वर्ष लाग्दा समेत कुनै वास्ता छैन ।' उनले आक्राश पोखे । मगर मात्र होइन बंगलाचुली गाउँपालिका वडानम्वर ३ का ७० वर्षीय विष्णु डाँगीको भनाई पनि यस्तै छ । निर्वाचनका क्रममा डाँगीको घरमै पुगेका पोख्रेललाई डाँगीले भने, ‘हामी अब पैसोको पोइल जाने छैनौं । विकास गर्छौं भन्ने नेताको हालत पनि देखेका छौं'

डाँगीको घरमा पुगेका पोख्रेलले जब डाँगीका स्थानीय जातका मौरीको घार अवलोकन गर्न थाले । ‘तपाई मुख्यमन्त्री बन्ने भनेको सुनेको छु हामी ढुक्क छांै अन्यत्र मत माग्न जानुहोस् ।' उनले भने ।

डाँगी र मगर मात्र होइन पोख्रेलसँगै बाल्यकालमा कुस्ती खेलेका धर्ना डाँगीगाउँका निलकण्ठ केसी समेत पोख्रेल मुख्यमन्त्री बन्ने खबरले निकै उत्साहित भएका छन् । लामो समयसम्म राष्ट्रिय जनमोर्चामा रहेर काम गरेका केसी पोख्रेललाई जिताउन भर्खरै एमालेमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.