भारतले गर्‍यो लडाकु जहाजबाट ‘ब्रह्मोस’ मिसाइलको सफल परीक्षण

भारतले गर्‍यो लडाकु जहाजबाट ‘ब्रह्मोस’ मिसाइलको सफल परीक्षण

नयाँ दिल्ली : भारतले सुपरसोनिक क्रुज मिसाइल ब्रह्मोसलाई लडाकु जहाजबाट प्रहारको परीक्षण सफलतापूर्वक गरेको छ । भारतले बुधबार सुखोई लडाकु जहाजबाट ब्रह्मोसको सफल परीक्षण प्रहार गरेको हो ।

भारत र रसियाले संयुक्त रुपमा निर्माण गरेको ब्रह्मोस मिसाइलको यसअघि स्थल र जलमा सफल परीक्षण गरिसकिएको छ । अहिले भने आकासमा गरिएको यसको परीक्षण पनि सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ब्रह्मोसको लडाकु जहाजबाट प्रहार गर्ने परीक्षण पनि सफल भएपछि भारतसँग पनि अब ‘ट्रायड’ मिसाइल अर्थात स्थल, जल र आकासबाट प्रहार गर्न सकिने मिसाइल उपलब्ध भएको छ ।

यसअघि अमेरिका, रुस र सीमित रुपमा फ्रान्ससँग मात्र यस्ता क्षमताका ट्रायड मिसाइल छन् । भारतीय सञ्चारमाध्यमले ब्रह्मोस अहिले विश्वको सबैभन्दा तीव्र गतिको सुपरसोनिक मिसाइल भएको दाबी गरेका छन्, जसको गति २.८ म्याक अर्थात् ध्वनीको गति बराबर छ । यो मिसाइलको प्रहार क्षमता २ सय ९० किलोमिटर छ र यसले ३ सय किलोग्रामसम्म युद्ध सामग्री बोक्न सक्छ । ब्रह्मोसजस्तो ट्रायड मिसाइल भारतका छिमेकी चीन र पाकिस्तानसँग समेत नभएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.