चीनको पनि १० हजार किलोमिटर मार हान्ने अन्तरमहादेशीय मिसाइल

चीनको पनि १० हजार किलोमिटर मार हान्ने अन्तरमहादेशीय मिसाइल

एजेन्सी : चीनले पनि स्वदेशमै डोङफेङ-३१ एजी इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल निर्माण गरेको छ । यो मिसाइलले १० हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ । यसबाहेक मध्यम दूरीसम्म प्रहार गर्ने अर्को ब्यालेस्टिक मिसाइल डीएफ-२१डी पनि छ, जसलाई ‘क्यारियर किलर’ पनि भनिन्छ । डीएफ-२६ र डीएफ-१६जी पनि मध्यम दूरीका ब्यालेस्टिक मिसाइल हुन् ।

यसका साथै अर्को वर्ष चीनले लामो दूरीसम्म प्रहार गर्ने एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल सेनालाई हस्तान्तरण गर्ने बताइएको छ । यो मिसाइलले एकैपल्ट अनेको आणविक हतियार बोक्न सक्ने दाबी गरिएको छ । नयाँ डोङफेङ-४१ मिसाइलको गति म्याक १० भन्दा पनि धेरै हुने दाबी गरिएको छ । यसले शत्रु सेनाले प्रहार गरेको मिसाइलको चेतावनी दिनसक्ने र शत्रुको रक्षा प्रणाली छिचोलेर प्रहार गर्न सक्षम रहेको बताइएको छ ।

चीनले हाइपरसोनिक र्‍यामजेट इन्जिनयुक्त मिसाइलको सफल परीक्षण गरिसकेको दाबी चीनको एरोस्पेस साइन्स एन्ड टेक्नोलजी कर्पोरेसन (सीएएससी) ले यसै वर्ष जुनमा गरेको थियो । हाइपरसोनिक इन्जिनको गति ६ हजार २ सय किलोमिटर प्रतिघन्टा बढी हुन्छ । यो मिसाइलमा जडान हुने र्‍यामजेट इन्जिनमा ठोस इन्धन प्रयोग हुन्छ ।

र्‍यामजेट इन्जिनको उपयोगबाट मिसाइलको प्रहार क्षमता तीन गुणासम्म बढाउन सकिन्छ । सय किलोमिटर प्रहार क्षमताको कुनै मिसाइललाई र्‍यामजेट इन्जिनको सहायताले ३ सय २० किलोमिटरसम्म प्रहार क्षमता बढाउन सकिन्छ । तर चीनसँग अहिलेसम्म स्थल, जल र आकास तीनै ठाउँबाट प्रहार गर्नसक्ने ट्रायड मिसाइल छैन ।

पाकिस्तानी मिसाइल

पाकिस्तानले यसै वर्ष जनवरीमा बाबर-३ क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो । पाकिस्तानी सेनाले क्रुज मिसाइल बाबर-३ लाई पनडुब्बीबाट प्रहार गर्न सफलता पाएको दाबी गरेको थियो ।
यसअघि पाकिस्तानसँग समुद्रबाट प्रहार गर्नसक्ने आणविक मिसाइल थिएन । बाबर-३ को प्रहार क्षमता ४ सय ५० किलोमिटर छ । पनडुब्बीबाट प्रहार गर्न सकिने मिसाइलबारे थाहा पाउन नसकिने भएकाले खतरनाक मानिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.