निर्वाचन तयारी पूरा :  कांग्रेस

निर्वाचन तयारी पूरा :  कांग्रेस

काठमाडौं : कांग्रेसले मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनको तयारी पूरा भएको बताएको छ । निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले ३२ वटै जिल्लाको खुला कार्यक्रम बिहीबार साँझबाटै सकिएको जानकारी दिए । बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ ।

‘अबको अवधिमा हामी मतदान केन्द्रलाई लक्षित गरेर आन्तरिक रणनीति बनाउने छौं', खाँणले भने, ‘मतदातालाई घरबाट मतदान केन्द्रसम्म पुर्‍याउनेदेखि सदर हुनेगरी कसरी मत खसाल्ने कुरा पर्छन् ।'

कांग्रेस शीर्ष नेताहरू बिहीबार दिनभरि नै ३२ वटै जिल्लाका विभिन्न स्थानमा चुनावी सभामा व्यस्त देखिएका थिए । कांग्रेसले सबै जिल्लामा निर्वाचन गतिविधिको नेतृत्व गर्ने गरी यसअघि नै केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । ‘उहाँहरूले पठाउनुभएको आन्तरिक रिपोर्ट हेरेर हामी केन्द्रबाट निर्देशन दिन्छौं', उनले भने ।

निर्वाचनअगाडिको समयमा कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेतासँग लगातार सम्पर्क र कुराकानी गरिरहेको खाँणले जानकारी दिए । कांग्रेसले यो अवधिमा लोकतान्त्रिक गठबन्धनबीचको तालमेललाई समेत व्यवस्थित गर्ने जनाएको छ । ‘हामी लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा गएका छौं । कतिपय ठाउँमा अन्य पार्टीका उम्मेदवारलाई समर्थन गरेका छौं भने कतिपय ठाउँमा उहाँहरूले हाम्रो उम्मेदवारलाई', उनले भने, ‘त्यस्तो ठाउँमा प्रत्यक्ष र समानुपातिक मत कसरी हाल्ने भन्नेबारे मतदातालाई सचेत गराउने काम गर्छौं ।'

कांग्रेसले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने काम नगर्ने प्रतिबद्धता जनाएका खाँणले वाम गठबन्धनको गतिविधिप्रति भने सशंकित रहेको बताए । ‘उहाँहरूको क्रियाकलापलाई समेत हामी चनाखोपूर्वक नियाल्ने छौं ।' आउँदो आइतबार पहिलो चरणअन्तर्गत हिमाली र उच्च पहाडका ३२ जिल्लामा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.