मतदान अधिकृत पुगे, मतदाता गाउँ छैनन्

मतदान अधिकृत पुगे, मतदाता गाउँ छैनन्

भोटखोला (संखुवासभा) : जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका २ थुदाममा मतदान अधिकृत गोपाल थापासहितको सात जना कर्मचारी र दुई जना स्वयंसेवक गाउँ पुगे तर मतदाता भने पुगेका छैनन्। करिब तीन हजार मिटर उचाइमा रहेको दूधपोखरी आधारभूत विद्यालयमा थुदाममा मतदान केन्द्र छ। जहाँ ४४ जना मात्र मतदाता छन्। चिसो छल्न सुगम क्षेत्रतिर झरेका मतदाता गाउँ नफर्केको वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन्। दुर्गम तथा उच्च क्षेत्र भएको र हिमपात सुरु भएसँगै सुगम झरेका मतदाता गाउँ नफर्किएको वडाध्यक्ष शेर्पाले बताए।

यसअघिका निर्वाचनमा खसेको मतलाई आधार मान्दा कुल मतदातामध्ये आधाभन्दा कम निर्वाचनमा सहभागी भएको देखिन्छ। अहिले पनि गाउँमा कुल मतदाताको झन्डै आधा मात्र छन्। स्थानीय तह निर्वाचनमा ४४ मतदातामध्ये १६ जनाले मात्र मतदान गरेका थिए। ०७० को संविधानसभा निर्वाचनमा पनि ३१ मतदाता रहेकोमा १३ मत मात्र खसेको थियो।

जिल्लामा एक सय तीन मतदान स्थल र एक सय ५३ मतदान केन्द्र छन। सबै मतदान स्थलमा कर्मचारीसहित मतदान सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए। जिल्लामा निर्वाचनका लागि एक हजार दुई सय ३३ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी जिल्ला उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोटलगायत घटना बढेकाले समग्र जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। उम्मेदवार रहेको मतदानस्थलको सुरक्षालाई अझ विशेष निगरानीका साथ कडा बनाइएको जोशी बताउँछन्। चुनावलाई लक्ष्य गरी तिब्बतसँग जोडिएको किमाथान्का नाका बन्द गरी छिमेकी जिल्लासँगको नाकामा चेकचाँच कडा बनाइएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.