टाटाका बस रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा

टाटाका बस रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा

काठमाडौं :  बूढानीलकण्ठ यातायात प्रालिले जमल–रत्नपार्क हँुदै बूढानीलकण्ठ रुटमा टाटाका बसमार्फत सेवा सुरु गरेको छ । कम्पनीले टाटाका अत्याधुनिक सुविधा सम्पन्न एलपी ७१२३२ सिटी बस बुधबारदेखि सञ्चालनमा आएको छ ।

नेपाली अटो बजारमा ७८ प्रतिशत बजार हिस्सा ओगट्न सफल टाटाका विश्वसनीय तथा ग्राहकलाई लगानीको उच्चतम प्रतिफल प्रदान गर्ने टाटा एलपी ७१२३२ बसमा अत्याधुनिक विशेषता एलईडी टीभी, सीसीटीभी, हाइड्रलिक डोर, आरामदायी सिट समावेश गरीएको सिप्रदी ट्रेडिङ प्रालिका प्रोडक्ट म्यानेजर कृष्ण चन्दले बताए ।

साँचो हस्तान्तरण गर्दै सिप्रदी टेडिङ प्रालिका डीजीएम अनुपमणि ढकालले ३५ वर्षदेखि ग्राहक सेवालाई उच्च प्राथमिकता दिँदै आएको सिप्रदी टे«डिङले उक्त गाडी निरन्तर अन रोडका निमित्त २४ सै घन्टा कटिबद्ध रहने र ग्राहक वर्गको लगानी सुनिश्चित गर्ने चाहना मात्रै नभई सिप्रदी ट्रेडिङ र टाटा मोटर्स दुवै पूर्ण लक्ष्यका साथ अगाडि बढेको उनले बताए । साथै उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराजा महर्जनले हाल १० सुरु गरी आगामी दिनमा ७० नयाँ गाडी पुराना माइक्रो बसलाई विस्थापित गर्ने गरी सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.