रुकुममा कांग्रेस कार्यकर्ताको कुटपिटबाट वडा अध्यक्षकी श्रीमती गम्भीर घाइते

रुकुममा कांग्रेस कार्यकर्ताको कुटपिटबाट वडा अध्यक्षकी श्रीमती गम्भीर घाइते

रुकुम : नेपाली कांग्रेस रुकुमका कार्यकर्ताले सानीभेरी गाउँपालिकामा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेका छन् । गम्भीर घाइते सानीभेरी गाउँपालिका ७ की कल्पना बुढा वडा ७ का वडाअध्यक्ष कुलबहादुर बुढाकी श्रीमती हुन् ।

बिहीबार सदरमुकाम खलंगामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागीतामा आयोजित चुनावी सभाबाट घर फर्कदै गरेका कांग्रेस भातृ संगठन तरुण दलका कार्यकर्ताले घरमै बसेकी बुढामाथि कुटपिट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए ।

उनका अनुसार वडाअध्यक्ष कुलबहादुरमाथि कुटपिट गर्ने उद्देश्यले त्यहाँ पुगेका कांग्रेस कार्यकर्ताले बुढालाई नभेटेपछि श्रीमती कल्पनामाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

गम्भीर घाइते कल्पना अहिलेसम्म पनि बेहोस रहेको श्रीमान कुलबहादुरले बताए । यसैबीच कुटपीट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्न भएका चार जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए ।

घटना राजनीतिक प्रतिशोध लिएर गरिएको भन्दै कुटपिटको घटनाप्रति नेकपा (माओवादी) केन्द्रले कडा विरोध जनाएको छ । जिल्ला इन्चार्ज राजकुमार शर्माले राजनीतिक प्रतिस्पर्धाबाट डराएर कांग्रेस अपराधिक क्रियाकलापमा उत्रिएको बताए ।

उनले घटनाको भत्सना गर्दै दोषिहमाथि कडा कारवाही गर्न समेत स्थानीय प्रशासनसंग माग गरेका छन् । उता नेपाली कांग्रेस रुकुमले भने आफ्नो चुनावी प्रचारप्रसारको गाडिलाई माओवादीले अवरोध गर्न खाजेपछि झडप भएको र झडपमा बुढा घाइते भएको प्रतिक्रिया दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.