वाम गठबन्धन कार्यालयमा बम विष्फोट, फोरमको गाडीमा पनि बम

वाम गठबन्धन कार्यालयमा बम विष्फोट, फोरमको गाडीमा पनि बम

सिरहा : निर्वाचन नजिकिएपछि सिरहामा सुरक्षा चुनौती बढेको छ । मिर्चैया नगरपालिका ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट भएको छ । धनगढीमाई नगरपालिका ७ स्थित फुलकहामा राखिएको फोरमको प्रचार गाडीमा समेत बम भेटिएपछि सुरक्षा चुनौती बढेको हो ।

सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा शुक्रबार दिउँसै बम विष्फोट भएको छ । कार्यालयको नवनिर्मित माथिल्लो तल्लामा कुकर बम विस्फोट भएको सिरहाका एसपी शेखर कोइरालाले जानकारी दिए ।

उनका अनुसार विष्फोटबाट कुनै किसिमको क्षति भएको छैन् । विष्फोट गराएको ठाउँमा जयकृष्ण गोइतको हस्ताक्षर रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ ।

यस्तै बम विष्फोट घटनाको एक घण्टा नबित्दै फुलकहामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुधन सिंहको प्रचार गाडीमा कुकर बम फेला परेको हो । उम्मेदवार सिंहको प्रचार गाडी बा ३ च ७६६१ नम्बरको गाडीमा कुकर बम फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेश सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए । गाडीको पछाडी सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटियो । इन्सपेक्टर सुवेदीले भेटिएको बम डिस्पोज गर्नका लागि नेपाली सेनाको टोलीलाई खबर गरेको बताए ।

एकैदिन एक उम्मेदवारको कार्यालयमा बम विष्फोट र अर्का उम्मेदवारको प्रचार गाडीमा बम भेटिएपछि अन्य उम्मेदवार त्रसित बनेका छन् । सुरक्षा निकायका लागि उम्मेदवार र निर्वाचन प्रचार अभियन्ताको सुरक्षा गर्न हम्मेहम्मेको स्थिति पैदा भएको छ ।

सिरहा प्रशासले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता अर्थात् चुनाव विरोधी गतिविधिमा संलग्न व्यक्तिलाई जहाँ भेटिन्छ, त्यही समात्न निर्देशन जारी गरेको छ । तर, अहिलेसम्म सिरहामा विप्लवका एउटै कार्यकर्ता पक्राउ परेका छैन् । अर्कोतिर विष्फोट भएको ठाउँमा मधेसका भूमिगत समूहको पर्चा पम्पलेट भेटिएपछि सुरक्षा चुनौती झन बढेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.