जिल्ला समन्वय समिति पर्सा फोरम नेपालको कब्जामा

जिल्ला समन्वय समिति पर्सा फोरम नेपालको कब्जामा

वीरगन्ज : जिल्ला समन्वय समिति पर्साको सभापतिमा संघीय समाजवादी फोरम नेपालले बाजी मारेको छ। शुक्रबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सात मत अन्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको सभापतिमा फोरम नेपालका नेक महम्मद अन्सारी निर्वाचित भएका हुन्।

अन्सारी १७ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जतन राउत कुर्मीले भने १० मत मात्रै प्राप्त गरे। उपसभापति पदमा भने एमाले उम्मेदवार ठाकुरप्रसाद न्यौपाने निर्विरोध चयन भएका छन्।

उपसभापति पदमा उम्मेदवारी दिएका फोरम नेपालका राजकुमार महतो कोइरीले उम्मेदवारी फिर्ता लिएपछि एमालेका न्यौपाने निर्विरोध निर्वाचित भएका हुन्। जिल्ला समन्वय समिति पर्साको महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी गिरिजा देवी, एमालेकी संगीता देवी दुसादीन र फोरम नेपालकी प्रेम कुमारी सिंह क्षेत्री निर्वाचित भएका छन्।

दलित वा अल्पसंख्यक सदस्यमा माओवादी केन्द्रका सुवास साह कानु र फोरम नेपालका रामेश्वर प्रसाद तथा सदस्यमा फोरम नेपालका अमोदकुमार यादव र माओवादी केन्द्रका रामजी महत्तो निर्वाचित भएका छन्।

कात्तिक ४ गते मनोनयनकम नौ पदका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गराएबम भएपनि शुक्रबार भएको निर्वाचनमा एमाले र माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर फोरम नेपाललाई सघाएपछि सभापतिमा फोरम नेपालका उम्मेदवार निर्वाचित भएका हुन्।

जिल्ला समन्वय समितिको चुनावको लागि पर्सा जिल्लामा २८ मतदाता रहेकोमा फोरम नेपालका १०, कांग्रेसका ८, एमालेका ३, माओवादी केन्द्रका ५ र नेपाली जनता दलका २ मतदाता थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.