झापामा बम आतंक : ओली र थापाको घरलाई लक्षित गरी विस्फोट

झापामा बम आतंक : ओली र थापाको घरलाई लक्षित गरी विस्फोट

दमक :  झापामा उम्मेदवारका घरलाई लक्षित गरि बम विस्फोट भएका छन्। शनिबार विहान झापाको निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओली र क्षेत्र नम्बर २ का उम्मेदवार उद्धव थापाको घरमा लक्षित गरि बम विस्फोट भएका हुन्।

दमक-५ स्थित एमाले अध्यक्ष ओलीको घर बाहिर बम विस्फोट भएको छ।शनिबार विहान ४ बजे बम विस्फोट भएको प्रहरीले जनाएको छ।स्थानीयका अनुसार विहान ठुलो आवाजमा बम विस्फोट भएको थियो।घरको गेट अगाडि भएको विस्फोटबाट कुनै क्षति भने भएको छैन।गेट छेउमै रहेको अर्काे बम भने नेपाली सेनाको केरखास्थित २१ नम्बर बाहिनीको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

डिस्पोजल टोलीले बम एक घण्टा लगाएर खाल्डो खनेर डिस्पोज गरेको थियो।ओलीको घरमा राखिएको बम आइडि रहेको (इम्प्रुभाइज् एक्सक्लुसिभ डिभाइस ) प्रहरीले जनाएको छ।आइडि, कोकको बोत्तल काटेर त्यसमा विस्फोटक पदार्थ भरिएर बनाएको एक प्रकारको घरेलु बम रहेको डिस्पोजल टोलीले जनाएको छ।अगाडि पड्किएको बम पनि घरेलु बम नै रहेको टोलीले जानकारी दिएको छ।बम विस्फोट गराउनेको खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए।

त्यस्तै झापाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार तथा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको घरमा मध्यरातमा बम विस्फोट भएको छ।अर्जुनधारा नगरपालिका-७ मा रहेको थापाको घरको परिसरमा १२ बजे राति विस्फोट भएको प्रहरीले जनाएको छ।विस्फोटका कारण चुनाव प्रचारमा प्रयोग गरिएको बा ७ च ६८९५ नम्बरको गाडीमा पूर्ण रुपमा क्षति पुगेको थापाले जानकारी दिए।

विस्फोटका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।चुनाव विरोधी गतिविधि गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नै घटना घटाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

यसैबीच बम विस्फोटको घटनापछि दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले घटनाको निन्दा गरेका छन्।निर्वाचनको बेला आतंक मच्चाउने काम नगर्न उनले आग्रह गरेका छन्।थापाले पनि बम र बारुदको बाटो छोड्न आग्रह गरेका छन्।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.