‘नेताले भोट माग्न आउँदा विकास दिन्छौं भने पनि चुनावपछि गाउँ फर्कदैनन् '

 ‘नेताले भोट माग्न आउँदा विकास दिन्छौं भने पनि चुनावपछि गाउँ फर्कदैनन् '

गोठमारे रोल्पा :  सदरमुकामबाट १० किलोमिटरको दूरीमा रहेको गोठमारे गाउँमा मगर र गुरुङ जातिको वस्ती छ । ती वस्तीमा चुनावका बेला विभिन्न दलका उम्मेदवार र तिनका नेता मत माग्न मात्र पुग्छन् । तर, गाउँले भन्छन, ‘चुनावका बेला सबै पार्टीका नेताहरु विकास दिन्छौं भन्न आउछन् । चुनाव सकिएपछि गाउँ फर्किदैनन् ।'

घाँस दाउरा गर्दै जिवन चलाउँदै आएकी रोल्पा नगरपालिका-१ गोठमारे गाउँकी दुर्गी घर्तीमगरले जनताको काम भोट हाल्ने मात्र भएको गुनासो गर्छिन । ‘गाउँका अगुवाले भनेपछि भोट हाल्न जानै पर्छ । गाउँका अगुवासँग आएका नेताले चुनाव नहुँदासम्म सडक, खानेपाने, सिंचाइका विकास दिन्छौं भन्दै आउँछन् ।', गृहणी दुर्गी भन्छिन्, ‘चुनाव सकिएपछि भने उम्मेदवारले गाउँमा अनुहार देखाउने होइनन् ।'

अस्पताल अभावले गाउँघरमा अभैmपनि महिला घरमै सुत्केरी हुने गरेको उनले सुनाइन् । ‘जटिल अवस्थामा सुत्केरीलाई बोकेर लैजाने बेला बाटोमै अकाल मृत्यु हुने गरेको छ ।' दुर्गी भन्छिन् , ‘गाउँघरमै स्वास्थ्य भए हुने थियो ।' यहाँका उम्मेदवारले महिला सशक्तीकरण र जीवन स्तर सुधारका योजना नल्याएको महिला मतदाताको गुनासो छ ।

स्थानीय ७४ वर्षीय गञ्ज बहादुर घर्तीले उम्मेदवार र नेताले आफूसँग मत मात्र मागेको बताउँछन् । ‘भोटको लागि विकास गर्छौं भनेपनि विकास कहिलै गर्ने होइनन् । गाउँको दुःख गाउँमै छ ।', ज्येष्ठ नागरिक गञ्ज भन्छन्, ‘गाउँमा बाटो खनिरहेका छन् । बाटो हामीलाई के काम ? बाटोले हामीलाई खान दिने होइन ।'

गोठमारेसम्म कच्ची सडक पुगेपनि गाउँले खुशी देखिएनन् । सडकमा नियमित गाडी चल्दैनन् । सडकले गाउँले जीवन फेर्ने भन्दा पनि गाउँलेको थोरै भएको बारी र खरेन पनि नोक्सान भएको बताउँछन् । सदरमुकाम पुग्ने पक्की सडकसम्म पुग्न गाउँले हिडेर जानुको विकल्प छैन् । कोही बिरामी परेपछि डोकोमा बोकेर लैजानु पर्ने वाध्यता छ ।

पञ्चायतदेखि बहुदलका सबैजसो चुनावमा मतदान गरेको अनुभव सुनाउने ज्येष्ठ नागरिक गञ्जको अनुभवमा नेताले भोट माग्दा मात्र विकासको कुरा गर्छन । ‘कतिपटक भोट हालियो । खै गाउँको विकास भएन । हाम्रो जीवन स्तर सुध्रिएन् । गाउँमा खानेपानी त पुर्‍याएका छैनन् ।' गञ्जले चाउरिएको अनुहार झनै खुम्च्याउदै भने ।

६९ वर्षीय लिलामणी गुरुङले आफूलाई मतदान गर्नेबारे कसैले नसिकाएको गुनासो गरे । छोराले सिकाउने आशामा उनी देखिए । उनले पनि गाउँमा सिँचाई, खानेपानीका विकास गरिदिए राम्रो हुने बताए । गाउँको विकास नगरिदिएपनि नागरिकको कर्तव्यले मतदान गर्न भने जाने सुरमा छन् यहाँका मतदाता । डेढ घण्टा हिडेर मतदान स्थल पुग्न सकिने गाउँले बताउँछन् ।

गोठमारे गाउँमा मात्र करिव ४० घर जनजातिको बसोवास छ । उम्मेदवार र नेताले विकासको आश्वासन मात्र दिने भएकाले नेताले मत माग्न आउँदा आफूहरुले विकास माग्न पनि छोडेको गाउँले वताउँछन् ।

रोल्पाको गोठमारे गाउँका महिला भन्छन, ‘नेताले भोट माग्न आउँदा विकास दिन्छौं भने पनि चुनावपछि गाउँ फर्कदैनन् ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.