निर्वाचनपछि स्थायी सरकार :  ओली

निर्वाचनपछि स्थायी सरकार :  ओली

महेन्द्रनगर : एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि र प्रदेशसभा चुनावपछि स्थायी सरकार निर्माण हुने बताएका छन्।कञ्चनपुरको खुल्लामञ्चमा शुक्रबार वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले मंसिर २१ पछि मुलुकले स्थायी सरकार पाउने दाबी गरे।

उनले भने, ‘६ देखि नौ महिना मात्रै टिक्ने सरकार मुलुकको हितमा छैन। हामी वाम गठबन्धनबाट स्थायी सरकार निर्माण गर्न लागेका हौं।' स्थायी सरकार निर्माण हुने देखेर कांग्रेस अत्तालिएको उनको टिप्पणी गरे। दुई पार्टीलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका भन्दै उनले निर्वाचन लगत्तै दुई पार्टीको एकीकरण प्रक्रिया अघि बढ्ने बताए।

‘वाम दल फुट्दा त्यसको फाइदा अरुले नै लिए' सभामा उनले भने, ‘अब हामीले एकै पार्टी बनाउने र देशको सम्पूर्ण विकास गर्ने जिम्मा लिन गइरहेका छौं।' सभालाई सम्बोधन गर्दै उनले यसअघि वामपार्टीहरुले सरकार चलाउदा ल्याएका कार्यक्रमलाई नयाँ सरकार निर्माण भए लगत्तै शुरु गर्ने उद्घोष गरे। ‘हामी दुवै छिमेकी मुलुकसँग व्यापार लगायत सम्बन्ध अघि बढाउन चाहन्छौं' उनले भने, अब चुनावपछि उत्तर र दक्षिणीका नाकाहरु खोलिने छन् र विकासको गति द्रुत रुपले अघि बढ्ने छ।'

उनले मतदातालाई चुनावका मुखमा आएर रकम बाड्ने लगायतका षडयन्त्र भइरहेको भन्दै त्यस्ता आश्वासनमा नभुलिन मतदातालाई अनुरोध गरे। ओलीले भने,‘ नरबहादुर धामी इमान्दारीपूर्बक जनताको काम गर्ने छन्।भ्रष्टाचार गर्ने छैनन।यसको जिम्मा म लिन्छु।तपाईहरु भोट दिएर जिताउनुस्।' बिध्यार्थी राजनितिबाट निकै चर्चा बटुलेका धामी क्रान्तिकारी संघर्षशील ब्यक्ति हुन्। ‘धामी गरिब परिवारमा हुर्केर छात्राबासमा बसेर पढेको युवा हो बिस्वास गर्नुस भोलि जनताको सेबक बन्नेछ' उनले भने।

चुनावी सभामा माओवादी केन्द्रका वरिष्ठ नेता एवं महासचिव रामबहादुर थापाले वाम पार्टीको एकताले मुलुकलाई समृद्ध बनाउने बताए। एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लेखराज भट्ट र वामगठबन्धनका उम्मेदवारले सम्बोधन गरेका थिए।

त्यसैगरी ओलीले शुक्रबार नै कैलालीको धनगढीमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सुदूरपश्चिमबाट चार÷चार पटक प्रधानमन्त्री भएका देउवाले विकासको लागि केही नगरेको आरोप लगाए। अझै तीन पटक प्रधानमन्त्री हुने देउवाको भनाइलाई कटाक्ष गर्दै नेता ओलीले भने, ‘देउवालाई तपाईको मत चाँहिदैन। किन कि ज्योतिषीले उनलाई सात पटक प्रधानमन्त्री हुने भनेका छन। प्रधानमन्त्री ज्योतिषीले बनाउने भए किन यत्तिको तामझाम ? ' उनको भनाइ थियो, ‘जनताले वाम गठबन्धनलाई मत दिनुस। देउवालाई ज्योतिषिले प्रधानमन्त्री बनाइ हाल्छन।'

कैलाली ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पनि व्यङय गर्न छोडेनन्। उनले भने, ‘काठमाडौंबाट केही बोरा पैसा ल्याएर धनगढीमा घर किन्दै, घडेरी किन्दै यहिँको मान्छे हुन्छ ? मान्छे देख्या छैन, घर देखिएको छ।'

ओली कञ्चनपुरको सभा सकेर हेलिकप्टरबाटबाट धनगढी रंगशालामा आयोजना गरिएको चुनावीसभामा पुगेका थिए। पुत्र शोकका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम स्थगित भएको ओलीले जानकारी दिँदै भने, ‘प्रचण्डजीको तर्फबाट मैं तपाईलाई सलाम ठोक्छु, प्रचण्डजीको सलाम स्वीकार्नुस्।'



प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.