प्रदेश १ को सुरक्षा व्यवस्था कमजोर

प्रदेश १ को सुरक्षा व्यवस्था कमजोर

धरान : सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेको कारण प्रदेश १ को सुरक्षा व्यवस्था कमजोर भएको छ। दैनिक उमेद्वारका चुनावी सभा र घरमा बम विष्पोटका घटनामा बृद्धि भएका कारण सरकारले मजबुत सुरक्षा रणनीति बनाउन नसकेको आरोप लागेको छ। दैनिक बम विष्फोटनका घटनाले उमेद्वारको सुरक्षामा समेत असुरक्षित बनाएको छ भने सर्बसाधारणमा समेत त्रास फैलाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हप्तादिन अगाडि विराटनगरमा क्षेत्रीय सुरक्षा गोष्ठीमा पूर्वाञ्चलका सुरक्षा प्रमुखहरुलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका थिए। तर पूर्वाञ्चलका प्रहरी प्रमुखहरु पहिलो चरण र दोस्रो चरण निर्वाचन हुने जिल्लाको सुरक्षा व्यवस्था मिलाउन छाडेर जिल्ला भम्रणका नाममा धार्मिक स्थल र मठमन्दिरको दर्शनमा व्यस्त हुने गरेको पाइएको छ।

प्रहरी प्रमुखहरु कार्यालयमा बसेर भरपर्दो सुरक्षा रणनीति तयार गरि जनशक्ति परिचालन गर्न असफल भएका कारण देशका विभिन्न जिल्लाहरुमा बम विष्पोटका घटनामा बृद्धि भएको पूर्व डिएसपी तथा संघि लिम्बुवान मञ्चका तर्फबाट सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उमेद्वार कृष्णमान थेबेले बताएका छन्। उनले सुरक्षा मजबुत बनाउन सबैभन्दा पहिला संगठन प्रमुख र मातहतका प्रमुखहरु जिम्ेवारी पूर्वक लाग्नु पर्ने बताए।

शनिबार एकाबिहानै एमाले अध्यक्ष केपी ओलीको दमकस्थित घरमा बम विष्पोट भएपछि एक नम्बर प्रदेशमा सुरक्षा चुनौति बढेको छ। शनिबारै झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका काग्रेस उमेद्वार उद्धब थापको घरमा समेत बम विष्फोट भएको थियो। प्रहरीले प्रदेश एक का उमद्वारलाई सुरक्षा प्रदान गर्न नसकेको र चुनावी सभामा समेत सुरक्षा व्यवस्था मिलाउन नसकेका कारण बिहीबार एमालेले इटहरीमा ओयोजना गरेको सभास्थललाई लक्षित गरि बम विष्पोट गराइएको थियो।

बिहीबार बेलुका सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उमेद्वार जयकुमार राईको घरमा बम विष्फोट गराउदा समेत नेपाल प्रदेश प्रहरी प्रमुखको कार्यालयले भरपर्दो सुरक्षा व्यबस्था मिलाउन सकेको छैन्। एक नम्बर प्रहरी प्रमुख पसुपती उपाध्याय चुनावी सुरक्षा बजबुत पार्न छाडेर विभिन्न जिल्ला भ्रमण र मठमन्दिरको दर्शनमा व्यस्त हुँदै गएको प्रहरीको आरोप छ।

प्रदेश प्रहरी प्रमुख कार्यालयका डिआईजी ज्ञानविक्रम शाह दैनिक ब्याडमिण्टन खेलमै व्यस्त रहेका कारण स्पष्ट सुरक्षा रणनीति बनाउन असफल भएको प्रहरी श्रोतले जानकारी दिएको छ। गत हप्ता पूर्व संचारमन्त्री शेरधन राई चढेको गाडीमा बम विष्फोट हुँदा प्रदेश प्रहरी प्रमुख एआईजी पसुपती उपाध्याय ताप्लेजुङ, पाचथर र इलाम जिल्लाको भ्रमणमा व्यस्त रहेका थिए। त्यसैदिन संघीय प्रहरी इकाई धरानका प्रमुख एसएसपी हरिबहादुर पाल पनि तेह्रथुम भ्रमणमा थिए।

अज्ञात समूहले भोजपुर र संखुवासभामा बाम गठबन्धनका उमेद्वारमाथि ज्यान मार्ने उदेश्यले बम विष्फोट गराउँदा समेत प्रहरीले प्रदेश नम्बर एक का सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा, लगायतका जिल्लामा सुरक्षा रणनीति बनाउन सकेको छैन्। उमेद्वारमाथि शृखलाबद्ध बम विष्फोटका घटना हुँदा समेत प्रदेश प्रहरी प्रमुखको कार्यालयबाट सुरक्षा व्यवस्था मजबुत नबनाएका कारण शनिबार झापामा एमाले अध्यक्ष केपी ओली र कांग्रेस उमेद्वार उद्धव थापाको घरमा बम विष्फोट भएको एक प्रहरी अधिकृतले बताएका छन्।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख एआइजी पसुपती उपाध्यायले प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएपनि बब विष्फोटक घटना हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले प्रहरी प्रमुखहरु जिल्ला भम्रणमा गएको विषयमा भने जिल्लाको सुरक्षा व्यवस्था अनुगमन गर्न गएको बताएका छन्। मातहतका प्रहरी प्रमुखले सुरक्षा प्रदान गर्न छाडेर ब्याडमिण्टन खेल्न ब्यस्त भएकोमा निर्वाचन भर ब्याडमिण्टन खेल्न बन्द गर्ने बताएका छन्।

विप्लवका पार्टीका सबै कार्यकर्ताहरु भूमिगत

प्रदेश नम्बर १ का विभिन्न जिल्लामा भएका बम विष्फोटनका घटनाको कसैले पनि जिम्मा नलिएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको अनुमान गरिएको छ। बम विष्फोटनका घटनामा संलग्न भएको आशंकामा झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर लगायतका जिल्लाबाट एक सय १० जनालई विप्लवका कार्यकर्ताहरु पक्राउ गरेको एआईजी पसुपती उपाध्यायले बताएका छन्। ।

उमेद्वारहरुले चुनावी प्रचारप्रसारलाई तीर्ब पारेपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु भूमिगत भएर बम विष्फोट गराई निर्वाचनलाई असफल पार्न लागि परेको प्रहरीको दाबी छ। निर्वाचन आयोगले उमेद्वारी मनोनयन गर्न थालेपछि विप्लवका कार्यकर्ताहरु भूमिगत भएर बम विष्फोटका घटनामा संलग्न हुने गरेको प्रहरीले बताएको छ। प्रदेश नम्बर एक का विप्लवका कार्यकर्ताहरु सबै मोवाइल स्विच अफ गरि भुमिगत भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.