वामगठबन्धनसँगै ७७ वटै जिल्लाका कर्मचारी संगठन पनि एक हुँदै

वामगठबन्धनसँगै ७७ वटै जिल्लाका कर्मचारी संगठन पनि एक हुँदै

काठमाडौ : वामगठवन्धन सँगै एमाले र माओवादी केन्द्र निकट निजामती कर्मचारी संगठनहरु पनि देशव्यापी रुपमा संयुक्त भेला मार्फत एकजुट हुने तयारी थालेका छन्। एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भए लगत्तै दुई पार्टी एक हुने घोषणा गरिरहेको अवस्थामा ती दल निकट कर्मचारी संगठनहरुले देशव्यापी रुपमा संयोजन समिति गठन गरि कर्मचारी संगठनलाई एक कनाउने गृहकार्य थालेका हुन्।

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले गत २३ कार्तिकमा केन्द्रीय स्तरमा नै संयोजन समिति गठन गर्दै ७७ वटै जिल्लामा दुवै कर्मचारी संगठनका पदाधिकारी रहेको संयोजन समिति गठन गरी संगठनलाई एकीकरण गर्न निर्देशन दिएको थियो। केन्द्रको सो निर्देशन कमोजिम दुवै दल निकट कर्मचारीका काठमाडौ , ललितपुर र भक्तपुर जिल्ला कमिटीले शुक्रकार राजधानीमा बृहत भेलाको आयोजना गर्दै तीनै जिल्लाको संयोजन समिति गठन गरिएको जानकारी दिएका छन्।

तीनै जिल्लाका संगठनका अध्यक्षहरुको नेतृत्वमा दुई संगठनलाई एकजुट बनाउन संयोजन समिति गठन गरिएको हो। कार्यक्रममा काठमाडौ, ललितपुर र भक्तपुरका दुवै संगठनका अध्यक्षहरु क्रमश अशोक कुमार पोख्रेल, सुनील लम्साल, बद्री कोइराला तथा झलक पौडेल, चुडामणि खतिवडा र कुवेरप्रसाद दाहाल लगायतको नेतृत्वमा विभिन्न संयोजनक समिति गठन गरी एकता प्रक्रिया थालिएको जानकारी दिइएको थियो।

सो एकता संयोजन कार्यक्रममा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले वामपन्थी एकता सँगै अब दुई कर्मचारी संगठन पनि एकजुट भएर मुलुकको प्रगति र समृद्धिमा समर्पित हुने बताए। कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देबकोटा , वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका वरिष्ट उपाध्यक्ष ज्ञाननाथ ढकालले अब दुई संगठनको एकता र सहकार्यलाई कसैले पनि रोक्न नसक्ने बताए। उनीहरुले दुई संगठन एक जुट भएर अगाडि बढ्न सकेमा निजामती प्रशासनमा व्याप्त विकृति विसंगतिलाई पूर्णरुपमा अन्त्य गर्न र सेवा प्रवाह वृद्धि गरि निजामती प्रशासनको साख उच्च राख्न सहज हुने बताए।

दुवै केन्द्रीय संगठनको निर्देशन अनुसार अहिले विभिन्न जिल्लामा दुवै संगठनका जिल्ला कमिटीहरुले संयोजन समिति मार्फत एकताको क्रम थालेका छन्। नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष देवकोटाले केही जिल्लाहरुमा संयोजन समिति समेत गठन गरि एकता प्रक्रिया थालिएको भएपनि निर्वाचन पछि यो क्रमलाई तीव्रता दिइने बताए। दुवै संगठनका पदाधिकारीहरुले वामगठवन्धनले मुलुकमा राजनीतिक धूर्वीकरण सुरु भएको र यसको परिणाम स्वरुप मुलुकमा पाच वर्षको स्थायी सरकार बन्ने र त्यसले प्रशासनिक स्थायित्व समेत कायम हुने बताएका छन्।

संगठनका अध्यक्ष देवकोटाले लोकतन्त्रको प्राप्ति पछि बनेका सरकार छोटो अवधिमा नै फेरवदल भइरहदा मुलुकको विकास र प्रगति अवरुद्ध भएपनि निर्वाचन पछि स्थायी सरकार बन्ने भएकाले मुलुकको विकास र प्रगतिको ढोका खुल्ने बताए। माओवादी केन्द्र निकट कर्मचारी संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ढकालले दुवै संगठन विगतमा पनि एकै रहेको र बीचमा छुटिए पनि फेरि समयको माग अनुसार एकजुट हुने क्रम सुरु भएको बताए।

वामगठवन्धनको पक्षमा खुलेर लाग्न सर्कुलर

एमाले निकट नेपाल निजामति कर्मचारी संगठन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले ७७ वटै जिल्लामा रहेका आ-आफ्ना जिल्ला समितिलाई सर्कुलर गर्दै जिल्लामा उठेका वामपन्थी उम्मेदवारलाई जिताउन एकीकृत रुपमा लाग्न निर्देशन दिएको छ। संगठनद्धारा आफ्नो बलबुताले भ्याए सम्म आ-आफ्नो जिल्लाका वामपन्थी उम्मेदवारलाईं आवश्यकता अनुसार सहयोग गर्न पनि सर्कुलर गरिएको छ।

निर्वाचन आयोगप्रति खेद

दुवै संगठनले निर्वाचनमा खटिएका कर्मचारीलाई मताधिकारको प्रयोग गर्न नदिन निर्वाचन आयोग निरंकुश भएको भन्दै आयोगप्रति खेद व्यक्त गरेका छन्। उनीहरुले निर्वाचन आयोगको निरंकुश कदमकोविरुद्ध आन्दोलन गर्ने तयारी रहे पनि कर्मचारीले आन्दोलन गर्दा निर्वाचन हुन नसक्ने अवस्था आउन सक्ने र त्यसले प्रतिक्रियावाादीहरुलाई सहयोग पुग्न सक्ने देखि आफूहरुले त्याग गरको संगठनका अध्यक्ष देवकोटाले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.