भक्तपुर १ : तोडिएला नेमकिपाको किल्ला ?

भक्तपुर १ : तोडिएला नेमकिपाको किल्ला ?

भक्तपुर : भक्तपुरमा यतिबेला निर्वाचनको चर्चा चुलिएको छ । क्षेत्र नम्बर १ मा लामो समयदेखि एकछत्र जित हासिल गरेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको पुस्ता हस्तान्तरण र क्षेत्र नम्बर २ मा कांग्रेसका दमननाथ ढुंगानाको उमेद्वारीसँगै चुनावी ताप बढेको हो ।

भक्तपुर २ मा दमननाथ ढुंगानाको जीत होला वा बामगठबन्धन (एमाले)÷नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले लैजाला ? भक्तपुर १ नेपकिपाको किल्ला, नारायणमान बिजुक्छेको क्षेत्रमा प्रेम सुवालले पकड जमाइराख्लान् वा किल्ला तोडिएला ? यतिबेला भक्तपुर यिनै दुईवटा विषयको चर्चामा छ । झन्डै ९४ हजार मतदाता रहेको भक्तपुर क्षेत्र नम्बर १ मा यसपटक पार्टी पुरानै भए पनि प्रतिनिधि सभाका लागि नयाँ उमेद्वार अघि सरेका छन् । भक्तपुर १ बाट प्रतिनिधि सभाका लागि १२ जना उमेद्वार छन् । यसअघि जितेको नेमकिपाले बिजुक्छेको ठाउँमा सुवाललाई उठाएको हो ।

बामगठबन्धनबाट यसपटक मिलन सुवाललाई अघि सारिएको छ भने नेपाली कांग्रेसबाट बाबुराजा जोशीलाई उठाएको छ । नयाँ शक्ति पार्टीबाट रामसुन्दर हयौमिखा, राष्ट्रिय जनमोर्चाबाट राजेश गोसाई, एकीकृत राप्रपा राष्ट्रवादीबाट मीना परियार, विवेकशील साझा पार्टीबाट दिपेश न्यौपाने, चुरेभावर लोकतान्त्रिक पार्टीबाट दिपा खत्री, देशभक्त जनगणतान्त्रिक नेपालबाट कृष्णप्रसाद घेमसु उमेद्वार छन् भने स्वतन्त्रबाट निलकण्ठ थापा, गोपालदास बनेपाली र जितेन्द्र खायमली उठेका छन् ।

आसन्न निर्वाचनमा यो क्षेत्रमा तीन दलीय प्रतिस्पर्धा हुने आकलन गरिए पनि नेमकिपाका सुवालले भने आफ्नो कसैसँग प्रतिस्पर्धा नहुने बताएका छन् । उनले अन्नपूर्णसँग भने, ‘लोकतान्त्रिक र बाम गठबन्धन भारतीय बिस्तारवाद र एकाधिकार पूँजीवादले बनाएका गठबन्धन भएकाले यिनलाई जनताले चिनेका छन् त्यसैले देश र जनताका पक्षमा लड्दै आएको नेमकिपाको विकल्प छैन ।' पार्टीबाट उमेद्वार उठिसकेपछि सबै प्रतिस्पर्धी भए पनि २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएयताका २८ वर्ष कांग्रेस, एमाले र माओवादी कसैले केही नगरेको उनको तर्क छ । बाम र लोकतान्त्रिक गठबन्धनमा उमेद्वार भने २०३८ सालदेखि भक्तपुर १ मा नेमकिपाले एकछत्र राज गरे पनि नगरका केही ठाउँबाहेक कतै विकास नगरेको तर्क गर्छन् । उनीहरु नेमकिपाले विकास र सेवामा पनि मतदातासमेत छुट्याएको आरोप लगाएका छन् ।

लोकतान्त्रिक गठबन्धनका बाबुराजा सुवालले नेमकिपाले ३६ वर्षदेखि बनाएको किल्ला भत्कने दाबी गरे । उनले भने, ‘२०३८ सालदेखि नेमकिपाले एकछत्र राज गरेको छ त्यो पार्टीका कारणले नगरपालिकामा केही विकास भएबाहेक क्षेत्र नम्बर १ का कुनै ठाउँमा केही विकास भएकै छैन ।' बिजुक्छेले यसअघि ल्याएको २९ हजार मतको ४० प्रतिशत मत अब छरप्रष्ट हुने उनको दाबी छ ।

बिजुक्छेहुँदा उनको भद्रता, शालीनता र व्यक्तित्वका कारण आएकाले अब त्यो नहुने उनको भनाई छ । उनले भक्तपुर १ को दुर्गम क्षेत्रका विकास आफ्नो मूल एजेन्डा भएको बताए । भक्तपुर र चाँगुनारायण नगरपालिका भएको क्षेत्र नम्बर १ लाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उनको चुनाबी एजेन्डा छ । अधिवक्ता जोशीले राष्ट्रिय नीति निर्माण र केन्द्रीय बजेट सञ्चालनमा भक्तपुरका जनताको भूमिका बढाउन आफ्नो उम्मेदवारी भएको बताए ।

बामगठबन्धनमा माओवादी केन्द्रबाट उठेका मिलन सुवाल घरदैलोका क्रममा मतदाताले स्थानीय विकासको माग गर्ने गरेको बताए । उनले भने, ‘खासमा हाम्रो उमेद्वारी नीति निर्माणका लागि हो, समग्र राष्ट्रकै लागि हो जुन मतदातालाई बुझाउँदै स्थानीय विकासमा पनि ध्यान दिएको छु ।' बामगठबन्धनले संयुक्त प्रतिवद्धतापत्र जारी गर्दै ‘व्यवस्थित सडक, सहज आवत यातायात, हाम्रो अठोट सुरक्षित आवत जावत', ‘व्यवस्थित सहर आत्मनिर्भर घर, समृद्ध भक्तपुर हाम्रो रहर', ‘स्वस्थ्य जीवन पोषणयुक्त खाद्य, सवल जनशक्ति समृद्ध राज्य' जस्ता एजेन्डा अघि सारेको छ । सुवालले आफूले जिते पर्यटन, शिक्षा, खानेपानी, ढल निकासदेखि जिल्ला अस्पतालको गुणस्तर वृद्धि गरी विशेष सेवाहरु दिने बताए ।

प्रेम सुवालले पनि आफूले जिते आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसर, शिक्षा र स्वास्थ्य निशुल्क, स्वदेशमै रोजगारीका साथै भ्रष्टाचारी, कालाबजारी, तस्कर र चेलीबेटी बेच्नेलाई मृत्युदण्ड बनाउने कानुन बनाउन पहल गर्नेजस्ता काम गर्ने बताए । उनले भने, ‘यहाँ त चुनावी नारा घरघरमा सडक र पीच हुन्छन्, पूर्वमन्त्रीले घरमा सडक र पीच पुर्‍याएको भन्दै भोट माग्दैछन् तर मैले सबै विकृतिविरुद्ध लड्छु भनेको छु ।'

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.