‘हामीलाई स्थायी सरकार चाहियो’

‘हामीलाई स्थायी सरकार चाहियो’


काठमाडौँ  : शनिबार बिहान झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–९ का संघका प्रत्यक्ष तर्फका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, प्रदेश ‘क’कै प्रत्यक्ष उम्मेदवार डा. अजयक्रान्ति शाक्यलगायत चुनावी घरदैलो कार्यक्रममा व्यस्त थिए । काठमाडौँ महानगरपालिकाकै वडा नम्बर–२१ का विभिन्न स्थानमा घरदैलो गर्ने क्रममा उहाँहरु सुनधारा नजिकैबाट भोटे बहाल ओरालो झर्दै थिए ।

त्यसैबेला त्यहीका स्थानीय ७२ वर्षीय रत्नबहादुर ढंगोल हँस्याङफस्याङ गर्दै सडकमा निस्किए । केही खादा, हातमा अविर र माल बोकेर निस्किनु भएका ढंगोलले चुनावी घरदैलोमा हिँडेको ¥यालीलाई रोक्दै मेयर र दुबै उम्मेदवारलाई पालैपालो खादा, अविर र माला लगाएर कसिलो गरी हात मिला । ‘मेयरलाई जिताएर पठायौँ । अब जित्ने पालो तपाईँहरुको ।’ उनले भने । दुबै उम्मेदवार मुसुक्क हाँसेपछि फेरि ढंगोलले थपे–‘जितेर गएपछि हामीलाई मायाँ नमार्नु होला नि ? यो खादा, अविर र माला मैले तपाईँहरुलाई त्यसै लगाएको होइन । जितको अग्रिम शुभकामना पनि हो ।’

कुर्सीको राजनीतिबाट दिक्क बनेका रत्नले सञ्चारकर्मीसँग पनि समृद्धिको आशा अझै नमरेको भावना व्यक्त गरे । ‘देशलाई समृद्ध बनाउने भन्दा पनि कुर्सीका लागि मात्रै लडाईँ बढी भयो,’ उनले भने, ‘कुर्सीकै लागि देश नै बेच्ने हुन कि भन्ने डर भै सक्यो । एक पटक वामपन्थीको नेतृत्वमा स्थायी सरकार हेर्ने रहर छ ।’

रत्नबहादुरसँगै छेउमा उभिएकी ७२ वर्षीया मिश्रि डंगोलले पनि तीनै जनालाई पालैपालो खादा, माला र अविर लगाएर जितको शुभकामना दिए । आफ्नै घरदैलोमा जनप्रतिनिधि आएपछि उत्साहित बन्नुभएकी मिश्रिले भने– ‘भोट माग्दा विकास गर्छौ भन्दै आए, भोट दिएपछि कसैको पनि मुखसम्म देख्न पाइएन् । वृद्धवृद्धाको सम्मान गर्ने एमालेले एक पटक सरकार बनाउन पायो भने केही गर्छ कि भन्ने आशा पलाएको छ । त्यही भएर यो पटक हाम्रो भोट सूर्यलाई ।’

मिश्रिले त्यसो भनेपछि र्यालीमा गोलो घेराभित्र हँसिया–हतौडा अंकित झण्डा बोकेका एक युवाले मुख खोलिहाले–‘समानुपातिकमा चाहिँ हँसिया–हतौडामा भोट हाल्न नभुल्नु नि आमा?’ ती युवालाई जवाफ फर्काउँदै रत्न र मिश्रीले एकै स्वरमा भने–‘अब पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने हो, तपाईँहरु अहिले जसरी मिलेर घरदैलोमा आउनु भएको छ । त्यसैगरी पाँच वर्ष मिलेर सरकार चलाउनुहोला । हामीलाई एक पटक कम्युनिष्टले स्थायी सरकार चलाएको हेर्ने रहर छ ।’

रत्न र मिश्री मात्र होइन शनिबार वाम गठबन्धनले काठमाडौँको वडा २१ का लगन, भोटेवहाल, जैसीदेवल, टेकुलगायतका विभिन्न स्थानमा घरदैलो गर्दा वृद्ध–वृद्धा, युवा, व्यापारी, वुद्धिजिवी सबैले स्थायी सरकारको अपेक्षा गरे ।

वडा नम्बर–२१ काठमाडौँ महानगरका मेयर शाक्यको घर भएको क्षेत्र भएकाले पनि हुनसक्छ । त्यहाँ वाम गठबन्धनका पक्षमा निकै राम्रो माहोल देखियो । सयौँ सहभागी रहेको र्यालीमा घरका छत, झ्याल र पसलहरुबाट पनि हात हल्लाइरहेका दृष्यहरु निकै रोचक देखिन्थे ।

मेयरले हात मिलाउँदा मजदुर मक्खै

मेयर शाक्यकै निवास नजिक रहेको जैसी देवल आसपासको क्षेत्रमा सडक पुर्ननिर्माण भैरहेको थियो ।त्यहाँ केही मजदुर आफ्नै सुरमा काम गरिरहेका थिए । वाजागाजा र झण्डासहित र्याली जब ती मजदुरको छेउमा पुग्यो उनीहरु पनि टक्क उभिएर ¥याली निहाल्न थाले । त्यसैबेला उम्मेदवारहरु श्रेष्ठ र शाक्य मात्र होइन मेयर शाक्यले पनि ती मजदुरसँग हात मिलाउन लम्काउनुभयो । एकछिन अलमलमा परेका मजदुरले मुसुक्क हाँस्दै हात मिलाए र एक–दुई वटा तस्बिर पनि खिचाए । त्यसैबेला मेयर शाक्यले भन्नुभयो– ‘काममा त्यस्तो केही समस्या भएको छ ? छ भने भन्नुहोला, मलाई चिन्नु भएको छ ?’ एक मजदुरले मुसुक्क हाँस्दै भने–‘हजुर यही क्षेत्रको मेयर त हो नि किन नचिन्नु ।’ उम्मेदवार श्रेष्ठ र शाक्यले पनि ती मजदुरहरुसँग तस्बिर खिच्न भ्याए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.