बिपी बाँचिरहेको भए एमाले प्रवेश गर्नुहुन्थ्योः ओली

बिपी बाँचिरहेको भए एमाले प्रवेश गर्नुहुन्थ्योः ओली

पोखरा : एमाले अध्यक्ष केपी ओलीले कांग्रेस संस्थापक नेता बिपी कोइराला बाँचिरहेको भए एमाले प्रवेश गर्ने बताएका छन्। ‘बिपी कोइराला बाँचिरहेको भए, त्यो बेला बनाएको हो कांग्रेसलाई, अहिले काम लाग्दैन भन्नुहुन्थ्यो र एमाले प्रवेश गर्नुहुन्थ्यो’, ओलीले पोखरामा वाम गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै शनिबार भने।

ओलीले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेता हुँदा कांग्रेस पनि समाजवादी रहेको बताए। उनले भने, ‘अहिले समाजवाद भन्दा कांग्रेस तर्सने गरेको छ।’ गणेशमान सिंहले लट्ठी टेक्ने बेला कांग्रेस छोडेको प्रसंग उप्काउँदै उनले कृष्णप्रसाद भट्टराईले पनि त्यसै गर्नुपरेको सुनाए।

अर्को प्रसंगमा ओलीले अबको चुनावपछि मुलुकमा वामपन्थीको सरकार बन्ने ठोकुवा नै गरे। ‘अब वामपन्थीको सरकार बन्यो, बन्यो, कम्युनिस्टको सरकार बन्यो, बन्यो’, उनले भने, ‘रेल कुद्यो, कुद्यो।’ केरुङबाट काठमाडौं हुँदै पोखरा रेल ल्याउन सर्भे गराइहाल्ने र लिक बिच्छ्याइ हाल्ने उनले आश्वासन पनि दिए।

आसन्न चुनावबाट संक्रमणकाल टुंगिने र पुसपछि वामपन्थी सरकार बन्ने ओलीले बताए। वामपन्थीको सकार बनेपछि कोही पनि नेपाली भोकभोकै मर्नुनपर्ने उनको दाबी थियो। साथै उनले ज्येष्ठ नागरिकलाई दिँदै आएको मासिक दुई हजार रुपैयाँ भत्ता ५ हजार पु¥याउने उद्घोष पनि गरे।

माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको सहमति लहडमा नभएको स्पष्टोक्ति ओलीले दिए। ‘यसमा चुनाव जित्ने मनसायमात्रै छैन’, उनले भने, ‘देश बनाउने जिम्मेवारी छ।’

ओलीले पोखराका विभिन्न तालतलैयामा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए। कृषिमा आधुनिकीकरण गरी पोखरामा उत्पादित तरकारी अरब निर्यात गर्न सकिने उनको भनाइ थियो।

अर्को प्रसंगमा ओलीले आफूबाट निर्वाचन आचारसंहिता उल्लंघन नगरेको पनि बताए। ‘काम नपाएर कांग्रेसले मेरा विरुद्ध आयोगमा उजुरी गरेको रहेछ’, उनले भने, ‘म संविधान मान्ने, कानुन मान्ने पार्टीको अध्यक्ष हुँ, मबाट आचारसंहिता उल्लंघन हुँदैन।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सम्बोधन गर्ने भनेर प्रचारित आमसभामा उनी भने आएनन्। उक्त पार्टीका अर्का नेता रामबहादुर थापा बादल भने सभालाई सम्बोधन गरे। ओली पोखरापछि शनिबारै तनहुँमा अर्को कार्यक्रमलाई सम्बोधन गर्न गएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.