वाम गठबन्धनका कार्यकर्ताले बम विष्फोट गराएको कांग्रेसको आरोप

वाम गठबन्धनका कार्यकर्ताले बम विष्फोट गराएको कांग्रेसको आरोप

काठमाडौं : नेपाली कांग्रेसले मुलुकभर कांग्रेसप्रति जनताले देखाएको उत्साहलाई निरुत्साहित गर्न वाम गठबन्धनका कार्यकर्ताले बम विष्फोट गराएको आरोप लगाएको छ।

‘कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन कांग्रेस नेता एवम् कार्यकर्तालाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले कम्युनिस्ट गठबन्धनका कार्यकर्ताले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटना दोहोर्याइरहनु दुःखद् विषय हो’, कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञिप्त सार्वजनिक गर्दै भनेका छन्, ‘कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन्।’

कांग्रेसले नेता र कार्यकर्ताको हत्या गर्ने मनसायले कम्युनिस्ट गठबन्धनले घृणित क्रियाकलाप गरेकोप्रति घोर निन्दा गरेको छ। कांग्रेसले पछिल्ला गतिविधि नागरिकको नैसर्गिक अधिकारमाथिको ठाडो उल्लंघन भएको समेत आरोप लगाएको छ।

‘कांग्रेस नेता एवम् कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको कम्युनिस्ट गठबन्धनको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति कांग्रेस घोर निन्दा र भत्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका अवाच्छित क्रियाकलप पुनः नदोहोर्याउन कांग्रेस चेतावनी दिन्छ।’

कांग्रेसले अहिलेसम्म पार्टीका नेतामाथि भएको आक्रमणको विवरण सार्वजनिक समेत गरेको छ । कांग्रेसले सार्वजनिक गरेको घटना विरण जस्ताको तस्तै

१. नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार विष्णु कुमार कार्की र सोही क्षेत्रको प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार एवं नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछाने चढ्नु भएको सवारी साधनलाई लक्षित गरी आज विहान हुप्सेकोट गा.पा.को वडा नं. ५ गोजापोखरी नजिक जिरो भञ्ज्याङमा कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले बम प्रहार गरेका छन्। बम प्रहारबाट उम्मेदवार सहित चुनाव प्रचारमा हिडेका पार्टीका कार्यकर्ताहरु बाँच्न सफल भएका छन्।

२. नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा मध्यरात १२ बजे बम विष्फोट भएको छ। विष्फोटबाट उहाँको घरमा पार्किङ गरी राखेको बा७च ६८९५ नम्बरको बोलेरो जीप पूर्ण रुपमा क्षति भएको छ।

३. पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको सर्लाहीको लालवन्दी नगरपालिका वडा नं. १७ स्थित रानीगञ्जमा रहेको घरमा आज विहान करीब ५ बजे बम विष्फोट भएको छ। श्रेष्ठको घरमा क्षति पुगेको छ। ठूलो आवाजमा बम विष्फोट हुँदा स्थानीयवासी त्रसित भएका थिए।

४. ओखलढुंगा चिसंखुगढी गा.पा. वडा नं. ३ का चुनाव प्रसार प्रसार समितिका संयोजक राजकुमार ढुंगाना लगायत ५ जना नेपाली कांग्रेसका कार्यकर्ताहरु चुनावी कार्यक्रम सकी घर फर्कने क्रममा गए राति ८ बजे सोही गा.पा.को वडा नं. २ स्थित नेवार गाउँमा नकाव लगाएका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरी उहाँहरु चढ्नु भएको गाडीलाई नियन्त्रणमा लिएका थिए। उहाँहरुलाई घाइते बनाएपछि स्थानीयको प्रतिरोधका कारण गाडीको चावी लिई आक्रमणकारीहरु भागेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.