कांग्रेसलाई मात्रै विदेशीले पत्याउछन् : देउवा

कांग्रेसलाई मात्रै विदेशीले पत्याउछन् : देउवा

बुटवल : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई मात्रै विदेशीले पत्याउने भएकाले देशको विकासका लागि कांग्रेसको विकल्प नभएको बताएका छन्। निर्वाचनबाट लोकतन्त्रलाई रोजे मात्रै मुलुकमा आर्थिक विकास हुने भन्दै देउवाले लोकतन्त्रको पक्षमा एकढिक्का भएर उभिन मतदातालाई आग्रह गरे।

‘कांग्रेसलाई मात्रै विदेशीले पत्याउछन्’, उनले भने, ‘आर्थिक विकासका लागि विदेशीको सहयोग लिन कांग्रेसले मात्रै सक्छ, त्यसैले कांग्रेसका उम्मेद्वारलाई जिताउनुहोस्।’ रुपन्देहीको देवदहमा शनिबार आयोजित चुनावी सभामा बोल्दै देउवाले स्थायी लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको विकल्प नभएको दाबी गरे। अहिलेको समय लोकतन्त्र र कम्युनिस्ट शासन रोज्ने भएकाले निर्वाचनबाट लोकतन्त्रको पक्षमा उभिन उनले आग्रह गरे।

कतिपय विदेशी मुलुकमा कम्युनिस्ट शासन अन्त्य भइरहेको अवस्थामा नेपालमा कम्युनिस्ट शासन ल्याउने प्रयास भइरहेको भन्दै त्यसलाई जनताले परास्त गर्ने देउवाले जिकिर गरे। ‘वामगठबन्धनले हिटलरको शासन ल्याउन खोजिरहेका छन्, त्यसको विरुद्धमा खुलेर लाग्नुस’, देउवाले भने।
लोकतन्त्र रोज्ने कि डर त्रासको शासन रोज्ने समय आएको भन्दै उनले लोकतन्त्रको पक्षमा उभिएर समृद्ध मुलुक निर्माणमा लाग्न मतदातालाई आग्रह गरे।

मुलुकमा लोकतन्त्र ल्याउनका लागि कांग्रेसले महत्वपूर्ण आन्दोलन गरेको भन्दै उनले कांग्रेसलाई पाखा लगाउने सपना नबुन्न विपक्षीलाई आग्रह गरे। गाउँका सडक निर्माणदेखि देशको अर्थतन्त्र विकासको काम कांग्रेसले गरिरहेको भन्दै उनले मुलुकमा आर्थिक समृद्धि कांग्रेसबाटै सम्भव रहेको दाबी गरे।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको शासन नेपालमा आउनै नसक्ने दाबी गरे। जनता लोकतन्त्रको खिलापमा कहिल्यै जान नसक्ने दाबी गर्दै उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएर लोकतन्त्रलाई सुरक्षित गर्न आग्रह गरे।

पश्चिम नवलपरासीको सुनवलमा चुनावी सभा सम्बोधन गर्न आएका देउवा रुपन्देहीको देवदहमा आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.