तीनकुनेमा गाउँजाने निःशुल्क बस
तस्बिर : विकास कार्की
काठमाडौं : राजनीतिक दल र उम्मेदवारले राजधानीका मतदातालाई निःशुल्क जिल्लामा जानका लागि बसको व्यवस्था गरेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदान गर्न कार्यकर्तालाई जिल्ला लानका नििम्त राजनीतिक दलले निःशुल्क बसको व्यवस्था गरेका हुन् ।
शनिबार बिहान राजधानीको तीनकुनेमा यस्ता बसको भिडभाड देखियो । सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा जाने मतदाताका लागि राजनीतिक दल र उम्मेदवारले बसको व्यवस्था गरेका हुन् । उम्मेदवारले आफ्ना मतदातालाई गाउँसम्म पुर्याउन र मतदानमा सहभागी गराउन केही दिन देखिनै रिर्जब गरी निःशुल्क बसको व्यवस्था गर्दै आएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ।