रोल्पामा निर्वाचनको सबै तयारी पूरा

रोल्पामा निर्वाचनको सबै तयारी पूरा

रोल्पा (रेउघा) : उच्च संवेदनशील मानिएको रोल्पामा निर्वाचनको तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाताले मत खसाल्न मिल्ने गरी सबै तयारी भएको जनाएको छ।

उच्च सुरक्षा व्यवस्था मिलाइएकाले मतदाताले ढुक्कसँग मत खसाल्न सक्ने सुरक्षा अधिकारीले बताएका छन्। ८० मतदान स्थलमध्ये १ सय ६० मतदान केन्द्रका सबै संरचना तयार भइसकेका छन्। निर्वाचनका लागि मतदान स्थलमा पुगेका कर्मचारी र स्वयम्सेवकले दिनभर धमाधम मतदानका संरचना बनाइसकेका हुन्। बिहानैदेखि मतदान स्थलमा कसैले बाँस गाड्दै गरेको र कसैले डोरी मिलाउदै गरेको दृश्य देखिन्थ्यो।

निर्वाचन कार्यालयका अधिकारी लिलु गिरीसहितको टोलीले कतिपय मतदान स्थलको व्यवस्थापकीय कामको प्रगतिको अनुगमन समेत गरेको थियो। मतदान स्थलमा लाइन लाग्ने, मत संकेत गर्ने र बाहिरिने लगायतका सबै संरचना बनिसकेका छन्। अपांग, ज्येष्ठ नागरिक, गर्भवती र अशक्त मतदाताका लागि सहज व्यवस्था पनि गरिएको जनाइएको छ। ‘मतदान स्थल सबै तयार भइसकेका छन्।’ निर्वाचन अधिकारी गिरी भन्छन् ‘अब मतदाताले ढुक्क भएर मतदान गर्न मात्र बाँकी छ।’
रोल्पा नगरपालिकाको बामरुक मतदान स्थलमा महिला मात्रले निर्वाचन सम्पन्न गर्ने गरी तयारी गरिएको छ। मतदान अधिकृत लोकेन्द्रा आचार्यको नेतृत्वमा आठ कर्मचारी महिला मात्र खटाइएको छ भने सुरक्षाकर्मी पनि महिला मात्र छन्। शनिबार दिउँसो सबेरै यहाँको मतदानको सबै संरचना तयार भइसकेको छ। महिला मात्रले संचालन गर्ने यो एक मात्र मतदान स्थल हुनेछ।

मतदानका लागि वाम गठबन्धनका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त, सभामुख ओनसरी घर्ती उनीहरुको मतदान स्थल नजिकैको माडीचौर घर पुगेका छन्। लोकतान्त्रिक गठबन्धनको उम्मेदवार एवं सिंचाई राज्यमन्त्री अमरसिंह पुन पनि आफ्नो मतदान गर्न गाउँ हिडेका छन्। अन्य सबै उम्मेदवार मात्र होइन सदरमुकाम लिबाङमा रहेका र जिल्ला बाहिर रहेका मतदाता पनि आ–आफ्नो घर फर्किएका छन्।

निर्वाचन पर्यवेक्षणका लागि राष्ट्रिय र अन्तराष्ट्रिय तहका पर्यवेक्षक आएका छन्। १ लाख २७ हजार ६ सय २९ मतदाता रहेको यहाँका धेरैजसो युवा मतदाता वैदेशिक रोजगारीमा गएकाले सबैजसो परिचयपत्र वितरण हुन नसके पनि धेरैजसो मतदाता परिचयपत्र पनि वितरण भइसकेको निर्वाचन कार्यालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.