भक्तपुरमा कांग्रेस उम्मेदवार खत्रीलार्इ लक्षित गरी बम विस्फोट

भक्तपुरमा कांग्रेस उम्मेदवार खत्रीलार्इ लक्षित गरी बम विस्फोट

भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र १ को प्रदेश (क) का कांग्रेस उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी शनिबार साँझ बम विस्फोट गराइएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागीश्वरीस्थित प्रदेश उम्मेदवार खत्रीको घर जाने बाटोमा प्रेसर कुकर बम विस्फोट गराइएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले बम विस्फोट गराइए पनि कुनै भौतिक तथा मानवीय क्षति नभएको जानकारी दिए।

घटनास्थल पुगेका उनले बम विस्फोट गराउनेको पहिचान हुन नसके पनि उनीहरुले प्रयोग गरेको मोटरसाइकल फेला परेको बताए। प्रहरी नायब उपरीक्षक प्रसाईंका अनुसार घटनास्थल नजिकै बा ११ प ७५८९ नम्बरको हिरो होन्डा कम्पनीको स्पलेन्डर मोटरसाइकल फेला परेको हो।

बम बाटोमा फाल्नासाथ विस्फोट भएको र मोटरसाइकलमा आएकाहरु मोटरसाइकल नै फालेर भागेको स्थानीयले जानकारी दिएको उनले बताए।

घटना गराउनेहरुको खोजी कार्य भइरहेको परिसरले जनाएको छ। परिसरका अनुसार भक्तपुर बाहिरिने सम्पूर्ण नाकाहरुमा प्रहरी परिचालन गरी उनीहरुको व्यापक खोजी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.