चिसोका कारण मतदान सुरु भएन

चिसोका कारण मतदान सुरु भएन

गोरखा :  पार्टी प्रतिनिधि(एजेन्ट) र मतदाता नै उपस्थित नभएपछि गोरखाको हिमाली भेगका केही मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । चिसोका कारण मतदाता र एजेण्ट नै मतदान केन्द्रमा उपस्थित नभएको चुमनुब्री गाउँपालिका २ स्थित ल्हो आधारभुत प्रावि मतदान केन्द्रका सहायक मतदान अधिकृत निर्माण घिमिरेले जानकारी दिए ।

‘बिहान साँढे आठ भैसक्यो अहिलेसम्म कोही पनि आएका छैनन्' घिमिरेले भने ‘हामी त तयारी अवस्थामा छौं तर एजेण्टहरु पनि आउनु भएको छैन । चुनाव सुरु भएको छैन । उहाँहरु नआएकोले मतपेटिका नै सिल गर्न पाएका छैनौँ ।' सो मतदान केन्द्रमा २६४ जना मतदाता छन् ।

तिब्बत सीमानामा रहेको गोरखाको अन्तिम गाउँ साम्दोको साम्दो आधारभूत विद्यालय केन्द्रमा पनि ढिला गरी मतदान सुरु गर्न लागिएको स्थानीय निमा लामाले जानकारी दिए । गोरखाको हिमाली भेगमा २० मतदान केन्द्र रहेका छन् । विकटमा रहेकाले मतदान अधिकृत र निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाइएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.