रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो

रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो

रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका–७ मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखामा रहेको मतदानस्थल र र सोही स्थानको वडा नं. ८ बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्रमा मतदाता तर्साउन बम विस्फोट गराइएको छ ।

बिहानैदेखि सुरु भएको मतदानलाई प्रभावित बनाउन यसो गरिएको हुनसक्ने भएपनि मतदातामा भने यसको कुनैपनि त्रास नपरेको चुर्तीपाखा मतदान स्थालका मतदान अधिकृत मानविर ओलीले बताएका छन् । उता बयलीगाउँ मतदान स्थालका मतदान अधिकृत भिमबहादुर बुढाथोकीले पनि यसको कुनै प्रभाव नपरेको बताएका छन् ।

चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचबटा बम विस्फोट गराइएकोे स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने यस बारेमा प्रहरीलाई कुनै जानकरी नभएको र सबै मतदान स्थालमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.