चीनले बन्द गर्‍यो उत्तर कोरिया जाने बाटो

चीनले बन्द गर्‍यो उत्तर कोरिया जाने बाटो

बेइजिङ : चीनले उत्तर कोरियासँग जोडिएको प्रमुख सडक बन्द गरेको छ । चिनियाँ अधिकारीले शुक्रबार यस्तो जानकारी दिएका छन् ।संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले उत्तर कोरियाविरुद्ध कठोर नाकाबन्दी लगाइरहेका बेला चालिएको यस्तो कदमले उत्तर कोरियालाई थप दबाब पर्ने भएको छ । हुनत चीनले यो अस्थायी भएको जानकारी दिएको छ ।

दुई देशलाई सडक मार्गले जोड्ने पुल बन्द गरिएको छ । उत्तर कोरियामाथि दबाब दिन अमेरिकी नेतृत्वको पश्चिमा शक्तिले चीनलाई लामो समयदेखि दबाब दिँदै आएको छ । उक्त पुल पुनः खोलिने मिति बताउन चीनले आनाकानी गरेको छ । चीनको मौनताले परमाणु परीक्षणलाई रोक्न यस्तो कदम चालिएको अनुमान गरिन थालेको छ । गत मंगलबार मात्रै एयर चाइनाले उत्तर कोरिया जाने सबै उडान बन्द गरेको थियो । केही समयअघि उत्तर कोरियाबाट आयात हुने तयारी कपडाको आयात पनि चीनले बन्द गरेको थियो । उसले उत्तरका लागि आवश्यक कोइलाको निर्यात पनि घटाएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ सुआङले भने ‘यालु नदीमा बनाइएको चीन–उत्तर कोरिया मैत्री पुल बन्द गरिएको छ । कङले भने, ‘मर्मतको कमका लागि उक्त पुल बन्द गरिएको छ ।’ उक्त पुल पुनः सुचारु हुने मिति भने उनले बताउन चाहेनन् । चीन उत्तर कोरियाको एकमात्र सहयोगी हो । प्योङयाङद्वारा लगातार क्षेप्यास्त्र परीक्षण हुन थालेपछि चीन पनि ऊसँग केही असन्तुष्ट देखिन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.