मस्जिद आक्रमणमा ३०५ को मृत्यु, १३० घाइते

मस्जिद आक्रमणमा ३०५ को मृत्यु, १३० घाइते

कायरो : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार भएको आक्रमणमा ३०५ जनाको मृत्यु भएको छ।साप्ताहिक प्रार्थनाका लागि मुस्लिम धर्मावलम्बीहरू ठूलो संख्यामा भेला भएको मौकामा आक्रमण भएको हो। इजिप्टको सरकारी टेलिभिजनले ३०५ जनाको मृत्यु भएको र १३० जनाभन्दा बढी घाइते भएको जनाएको छ। चार वर्षमा इजिप्टमा भएका घटनामध्ये यो सबैभन्दा अकल्पनीय घटना भएको बताइएको छ।

इजिप्टमा रहेका आतंकवादी लडाकुहरूले अहिलेसम्म सयौँ प्रहरी, सैनिक र आम नागरिकको हत्या गरेका छन्। आक्रमणमा शुक्रबार मारिएका र घाइते भएकाहरू सबैजना आम नागरिक तथा प्रार्थनाका लागि भेला भएका व्यक्ति रहेका छन्। उनीहरूले आम नागरिक र सुरक्षाकर्मीलाई लक्षित गरी लगातार आक्रमण गर्दै आइरहेका छन्।

सरकारी समाचार संस्थाका अनुसार आक्रमणकारीहरूले उत्तरी गाउँ अल रावडामा रहेको मस्जिदमा प्रवेश गरी बम पड्काउनुका साथै गोली प्रहार गरेका थिए। घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरूमाथि पनि उनीहरूले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनामा घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन्। आक्रमणकारीहरूले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेका थिए।

कायरो : इजिप्टको सिनाई प्रान्तस्थित मस्जिदमा भएको आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन्।आक्रमणमा ज्यान गुमाएका नागरिकका परिवारजनलाई मोदीले समवेदना प्रकट गरेका छन्। घटनामा घाइते भएका व्यक्तिहरूलाई शीघ्र स्वास्थ्य लाभको समेत उनले कामना गरेका छन्। दुःखद घडीमा भारतको इजिप्टको साथ रहेको र आतंककारी विरुद्धको लडाइँमा भारतको सधैं साथ रहने पनि मोदीले बताएका छन्।

आक्रमणको बदला लिइने चेतावनीइजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीले शुक्रवार सिनाई प्रायद्वीपस्थित मस्जिदमा भएको आक्रमणको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्। समाचार एजेन्सी एफेका अनुसार अल सीसीले टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले इजिप्टकै इतिहासमा सबैभन्दा भयानक आतंकवादी आक्रमण भएको पनि उल्लेख गरे।

इजिप्टको सुरक्षाबलले उक्त हत्याको बदला लिने र क्षेत्रीय स्थिरता कायम गर्ने विश्वास पनि व्यक्त गरे। यस्ता आतंकवादी आक्रमणको मुखभरी जवाफ दिने स्पष्ट पार्दै उनले भने, ‘आतंकवाद रोक्न हामीले गरेका प्रयास रोक्ने उद्देश्यले यस्तो आतंकवादी आक्रमण गरिएको छ। यसबाट आतंकवाद रोक्ने हाम्रो प्रयास अझै सशक्त हुनेछ।’

इजिप्टको सेना र प्रहरीले केही दिनभित्रै स्थिरता र सुरक्षा कायम गर्ने उनले आश्वासन पनि दिए। राष्ट्रपतिले ३ दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। उक्त आक्रमणको हालसम्म कुनै पनि संगठनले जिम्मा लिएको छैन। यद्यपि यो आक्रमणमा इस्लामिक स्टेट (आइएस)को हात रहेको आशंका गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.