दोलखामा शान्तिपूर्णरुपमा मतदान हुँदै
दोलखा : सधै तनावग्रस्त भइरहने दोलखामा यो पटक भने शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा यो पटक स्थानीयहरुको सहभागी भने केही कम देखिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण बिक्रम थापाले जिल्ला को १ सय ९० वटै बुथमा मतदान भइरहेको जानकारी दिए ।