भोजपुरका मतदातामा उत्साह कम : २२ प्रतिशत मत खस्यो

भोजपुरका मतदातामा उत्साह कम : २२ प्रतिशत मत खस्यो

भोजपुर (टुँडिखेल) : पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गर्ने मतदाताको उपस्थित कम देखिएको छ। ८७ मतदानस्थल, एक सय ४८ मतदान केन्द्र रहेको भोजपुरमा आइतबार दिउँसो साढे १२ बजेसम्म करिब २२ प्रतिशत मत झरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ।

स्थानीय टुँडिखेल मतदान केन्द्र रहेको भोजपुर नगरपालिका ७, बजार क्षेत्रको कुल १२ सय ८ जना मतदाता संख्या रहेपनि मध्यान्ह ११ बजेसम्म डेढ सयको हाराहारीमा मात्र मतदान भएको छ। बिहान सवा ८ बजेदेखि सुरु मतदानमा मतदाताको सहभागिता न्यून रहेको देखिन्छ।

त्यस्तै कुल दुई हजार एक सय १३ जना मतदाता संख्या रहेको भोजपुर नगरपालिका ५, बोखिमबाट पूर्वमन्त्री एवम् एमालेका सांसद कृपासुर शेर्पाले मतदान गरेका छन् । उनले मतदान गरेको पञ्चकन्या आधारभुत विद्यालय मतदान केन्द्रमा सवा ११ बजेसम्म कुल ६ सयको हाराहारीमा मत खसेको छ ।

पछिल्लो समय चुनाव विथोल्ने गतिविधिपछि मतदाताको सुरक्षाका लागि सबै केन्द्र, स्थलमा सुरक्षा कडा बनाइएको छ । सुरक्षाको दृष्टिकोणले सरकारले भोजपुरलाई संवेदनशील जिल्लाको स्थानमा राखेसँगै सुरक्षालाई कडाई गरेको हो । पछिल्लो समय उम्मेदवारमाथि भएको श्रृङ्खलाबद्ध आक्रमणपछि जिल्लाको सुरक्षास्थितीलाई मध्यनजर गर्दै १७ वटा अति संवेदनशील, २४ वटा संवेदनशील र ४६ वटा सामान्य मतदानस्थलमा वर्गाीकर गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभाका लागि जिल्लाबाट वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उम्मेदवारको सुरक्षामा ध्यान दिँदै थप विशेष सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.