थवाङमा शान्तिपूर्ण मतदान
रोल्पा : रोल्पाको थबाङमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । दुई मतदान स्थलमा १ :३० सम्म ७ सय ४ मत खसेको छ । साविक गाविस भवन थबाङ ठूलो गाउँमा ४ सय ५६ मत खसेको छ । यहाँ १ हजार ५ सय पाँच मतदाता छन् । जनचच्छु प्रावी थबाङ मतदान स्थलमा २ सय ४८ मत खसेको छ । यहाँको मतदान स्थलमा १ हजार २ सय ६७ मतदाता छन् ।
नेकपा आस्थावान मतदाता बाहेकका मतदाता सुरक्षाकर्मीको स्कर्टिङमा मतदाता मतदान स्थल आउदैछन् । बिहान ठाउँठाउँमा विस्फोट गरेका थिए ।