परनिर्भरता अन्त्य गर्ने प्रतिवद्वता

परनिर्भरता अन्त्य गर्ने प्रतिवद्वता

काठमाडौं :  नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले लामो समयदेखि चल्दै आएको राजनीतिक दुर्दशाको अन्त्य चाँडै हुने बताएका छन्। राजनीतिक अस्थिरताकै कारण मुलुक अस्तव्यस्त भएको भन्दै उनले वामपन्थी नेतृत्वमा सरकार बन्ने र र परनिर्भरताको अन्त्य गरिने प्रतिवद्वता व्यक्त गरे।

महासचिव पोखरेलले ६ /६ महिनामा सरकार बनाउने र गिराउने सिलसिलाको अन्त्य नभई मुलुकको सम्वृद्धिको रथ अघि नबढ्ने धारणा बताए। काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका पोखरेलले बहुदलीय व्यवस्थापछि सरकार बनाउने र गिराउने षडयन्त्रमै राजनीति रुमलिरहेको भन्दै अब त्यसो हुन नदिने जिम्मा मतदाता समक्ष आइपुगेको बताए।

‘सरकार गिराउने खेलले देशको अर्थतन्त्र चौपट गर्‍यो, हाम्रो सामाजिक सांस्कृतिक अवस्थालाई कमजोर गरायो, राष्ट्रिय स्वाभिमानलाई कमजोर भयो, विदेशसितको हाम्रो सम्वन्धलाई कमजोर बनाइदियो, हामी हामी परनिर्भर हुने स्थिती पैदा भयो, कुनै उत्पादन हुने कारखाना निर्माण गर्ने सकेनौं, अब पनि त्यस्तो सिलसिलाले निरन्तरता पाउनुहुँदैंन' उनले भने।

राजनीतिक स्थिरतामा मात्रै राजनीतिक नेतृत्वको योग्यताको सही मापन हुने भन्दै अब वामगठवन्धनलाई एकपटक दुईतिहाई बहुमत दिएर मुलुक बनाउने जिम्मेवारी सहित अवसर प्रदान गर्ने महासचिव पोखरेलले आग्रह गरे। ‘मुलुकको भाग्य र भविष्यको रथ सम्वृद्धि तर्फ लैजाने कि फेरी उही दुस्चक्रमा फसाउने अब फैसला गर्नुस' उनले भने, ‘विगतमा कहिले दुई तिहाइ र कहिले बहुमत सहितको जनमत पाएर पनि योग्यता प्रदर्शन गर्ने नसक्ने कांग्रेसलाई होइन, अब हामीलाई असबर दिनुहोस।'

महासचिव पोखरेलले वामगठवन्धनले वहुमत प्राप्त गरेर एक महिनाभित्र सरकार बनाएपछि आम जनताले अनुभूती हुने गरि काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गरे। उनले वामपन्थी गठवन्धनको साझा संकल्प र प्रतिवद्धतामा आधारित भएर काम गर्ने बताए। कार्यक्रममा काठमाडौं ५ प्रदेशसभा १ तर्फका उम्मेदवार नारायण सिलवालले जनताको शिर उचो पार्ने गरि काम गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.